दुबई । चीनबाट संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी अबुधावी मा पर्यटकका रूपमा पुग्ने चिनियाँको सङ्ख्या सन् २०१७ मा ६० प्रतिशतले वृद्धि भएको यहाँका अधिकारीले मङ्गलबार बताएका छन् ।
अबुधावी पुग्ने पर्यटकको सङ्ख्यामा चीनबाट सन् २०१६ को तुलनामा गत बर्ष तीन लाख ७२ हजार बढी पर्यटक रहेका यहाँको पर्यटन तथा संस्कृति मन्त्रालयले जनाएको छ ।
भिषामा रहेको कडाईलाई सहज गरेसँगै चीनबाट युएई जाने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।
त्यसैगरी युएईमा पुग्ने पर्यटक सङ्ख्यामा चीनपछि सबैभन्दा बढी तीन लाख ६० हजार भारतीय पर्यटक युइई पुगेका विभागले जनाएको छ । गत बर्ष भारतबाट युएई जाने पर्यटकको सङ्ख्यामा ११ प्रतिशतले वृद्धि भएको छ ।
यूरोपेली मुलुकबाट यूएई पुग्ने पर्यटकको सङ्ख्यामा सबैभन्दा बढी बेलायती पर्यटक रहेका बताइएको छ भने अमेरिकाबाट यहाँ जाने पर्यटकको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको बताइएको छ ।
२०७४ माघ १० गते प्रकाशित
वि.सं.२०७४ माघ १० बुधवार ०२:०५ मा प्रकाशित