back
NMB ad

स्थानीय तहको विकासमा राजनीति नगर्न दलका नेताको सुझाव

Kumari bank ad

काठमाडौँ । स्थानीय तहको विकासमा राजनीतिक प्रभाव पार्न नहुनेमा विभिन्न दलका नेताहरूले जोड दिएका छन् । जिल्ला समन्वय समिति महासंघले आयोजना गरेको राष्ट्रिय परिषद् बैठक उद्घाटनका अबसरमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तह बलियो भएमात्र मुलुकको विकास हुने भएकाले स्थानीय तहलाई बलियो बनाउन सबै राजनीतिक दल एकजुट हुुनुपर्ने बताए । “स्थानीय तहमा विकासका नाममा राजनीतिक प्रभाब भयोभने विकास हुन सक्दैन,”– उनले भने ।

स्थानीय तहमा गएको बजेट दुरुपयोग नगर्न आग्रह गर्दै नेता नेपालले देशको विकासका लागि बजेटको अधिकतम प्रयोग कसरी हुन सक्छ भन्नेबारेमा सबैले सोच्नुपर्ने बताए ।

नेकपा एमालेका नेता अग्नि खरेलले संविधानले राज्यको संरचनालाई तीन तहमा बाँडफाँड गर्दा जिल्ला समन्वय समिति महासंघलाई स्थानीय तहमा राखिएकाले यसलाई बलियो नबनाई स्थानीय तहको विकास हुन नसक्ने उल्लेख गरे । “तीन तहको निर्वाचनसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको छ, अब मुलुकको विकासमा लाग्नु सबैको दायित्व हो,”– उनले भने ।

नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले संविधान मान्दैनौँ भन्ने दललाई समेत निर्वाचनले एक ठाउँमा ल्याएको छ भन्दै जनतालाई लोकतन्त्र आएको अनुभूति दिलाउने गरी महासंघले काम गर्नुपर्ने बताए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संविधान कार्यान्वयनका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका भएकाले स्थानीय तह सञ्चालनका लागि चाहिने कानून र नियमावली चाँडो निर्माण गर्नुपर्नेमा जोड दिए ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले स्थानीय क्षेत्रमा गएको बजेटको सही सदुपयोग हुनेगरी खर्च गर्न आग्रह गरे ।

महासंघका अध्यक्ष ऋषिराज लम्साल, राज्य पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेल, महासंघका पूर्व महासचिव डा. श्याम भुर्तेललगायतले स्थानीय तहको विकास नभएसम्म मुलुकको विकास नहुने भन्दै स्थानीय तहमुखी कार्यक्रम बनाउनुपर्नेमा जोड दिए ।

२०७४ माघ १० गते प्रकाशित

वि.सं.२०७४ माघ १० बुधवार १३:३५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...