back
NMB ad

कारबाहीमा २३ जना मारिए

Kumari bank ad

अफगानिस्तान । आफगानिस्तानको पूर्वी र उत्तरी प्रान्तमा बुधबार बिहान भएको सुरक्षाकारबाहीमा २३ जना आतङ्ककारी मारिएका छन् ।

पूर्वीप्रान्त नान्गाहारको खोगीआनी जिल्लामा आतङ्ककारीको आखाडालक्षित एक कारबाहीका क्रममा कम्तीमा चार आइएस लडाकू मारिएका प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

गत २४ घण्टाभित्र बुधबार बिहानसम्म पनि जारी सो कारबाहीका क्रममा ती लडाकू मारिएका जारी विज्ञप्तिमा जनाइएको छ ।

सुरक्षाबलद्वारा जारी विज्ञप्तिमा सोमबार बिहानबाट मङ्गलबार बिहानसम्म हवाई कारबाहीसमेत गरिएको जनाइएको समाचारमा उल्लेख छ ।

यसै महिनाको सुरुबाट नान्गाहार प्रान्तको खोगीआनी जिल्लामा आतङ्ककारी विरुद्धको सुरक्षा कारबाही हालसम्म पनि जारी रहेका बताइएको छ ।

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको सिरिन तगाब जिल्लामा सुरक्षाबलले गरेको हवाई कारबाहीमा पनि केही आतङ्ककारी मारिएको अनुमान गरिएको छ ।

सुरक्षाबलले तालिवान आतङ्ककारी समूहले लुकेर बसेका आखाडा लक्षित हवाई कारबाही गरेको थियो । यस सुरक्षा कारबाहीमा परी ठूलो सङ्ख्यामा हताहत भएको अनुमान गरिएको सैनिक प्रवक्ता नसरातुल्लाह जमसिदीले जानकारी दिएका छन् ।

२०७४ मनघ १० गते प्रकाशित

वि.सं.२०७४ माघ १० बुधवार १७:४९ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...