back
NMB ad

राजश्व असुली लक्ष्य भन्दा ४ करोड बढी

Kumari bank ad

भद्रपुर । आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले चालू आवको पहिलो छ महिनामा रु एक अर्ब १५ करोड ४० लाख ५५ हजार राजश्व संकलन गरेको छ ।

रु एक अर्ब ११ करोड ४१ लाख ५२ हजार राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा कार्यालयले उक्त अवधिमा रु चार करोड बढी राजश्व संकलन गर्न सफल भएको हो ।

मेची अञ्चलभित्र रहेका करदाता सेवा कार्यालय इलाम र दमकसहितका कार्यालयबाट विभिन्न शीर्षकमा संकलित उक्त रकममध्ये आयकरतर्फ रु ४९ करोड २४ लाख ८२ हजार, बहाल करतर्फ रु चार करोड ८२ लाख ८८ हजार र ब्याज करतर्फ रु चार करोड ६९ लाख ५२ हजार रहेका छन् ।

त्यस्तै, मूल्य अभिवृद्धि करतर्फ रु ३७ करोड ३८ लाख ९६ हजार, अन्त शुल्कतर्फ रु १४ करोड ८१ लख ६४ हजार, स्वस्थ्य सेवा शुल्क रु ३३ करोड आठ लाख ५० हजार र शिक्षा सेवा शुल्कबाट रु १० करोड ४२ लाख तीन हजार राजश्व संकलन भएको कार्यालय प्रमुख बोलराज आचार्यले जानकारी दिनुभयो ।

कार्यालयलाई आव २०७४/७५ मा रु दुई अर्ब तीन करोड राजश्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकोे जनाइएको छ ।

२०७४ माघ १० गते प्रकाशित

वि.सं.२०७४ माघ १० बुधवार १७:५४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...