back
NMB ad

दुई लाख ६० हजार जनता गरिबीबाट मुक्त, यस्तो थियो मापदण्ड

Kumari bank ad

ल्हसा । चीनको दक्षिणपूर्वमा पर्ने तिब्बत स्वशासित क्षेत्रका दुई लाख ६० हजार नागरिकलाई गरिबीबाट मुक्त गरिएको छ ।

गत दुई बर्षको अवधिमा उनीहरुलाई गरिबीबाट मुक्त गरिएको क्षेत्रीय सरकारका प्रमुख किझालाले बुधबार जानकारी दिए ।

सन् २०१५ को अन्त्य सम्ममा पाँच लाख ९० हजार नागरिक गरिबीको रेखामुनी रहेकोमा सन् २०१७ को अन्त्यमा तीन लाख ३० हजार जना मात्रै गरिबीको रेखामुनी रहेका छन् ।

बार्षिक प्रतिव्यक्ति आय ३४८ अमेरिकी डलर पुगेपछि उनीहरुलाई गरिबीबाट मुक्त भएको मानिने मापदण्ड बनाइएको छ ।

“सरकारले यस क्षेत्रमा गरिबी विरुद्धको अभियानका लागि धेरै नै बजेट छुट्याएको छ भने विभिन्न कार्यक्रमहरु पनि संचालन गरेको छ,” सरकार प्रमुख किझालाले भने ।

तिब्बतले आगामी सन् २०१८ मा एक लाख ४० हजार नागरिकलाई गरिबीबाट मुक्त गराउने प्रतिज्ञा गरेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

तिब्बत क्षेत्रको कुल जनसंख्या ३२ लाख रहेको छ ।

२०७४ माघ १० गते प्रकाशित

वि.सं.२०७४ माघ १० बुधवार २३:१८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...