back
NMB ad

देश समृद्धिको अभियानमा अघि बढ्छ – उपाध्यक्ष शाक्य

Kumari bank ad

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुलुकमा जनादेशअनुसारको सरकार गठन भएपछि देश र जनतालाई समृद्धिको अभियानमा अगाडि बढाउन सकिने बताएकी छिन् ।

कामपा–१५ स्थित डल्लु आवास क्षेत्रमा ‘सिर्जनशील समुन्नत नेपाल’ नामक सामाजिक संस्थाको आज शुभारम्भ गर्दै उनाँले देशमा हालै सम्पन्न निर्वाचनपछि अब आर्थिक र सामाजिक रुपान्तरणका लागि प्रशस्त मार्ग खुला भएको बताइन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले समाजमा महिला वर्गमा आर्थिक पहुँच नपुगेकाले उनीहरूमाथि अनेक किसिमका हिंसाको घटना हुने गरेकामा चिन्ता व्यक्त गर्दै उनीहरूलाई व्यावसायिक तालीम उपलब्ध गराई आयआर्जन गराउनसकेमा सशक्तीकरण हुने विचार व्यक्त गरे ।

कामपा–१५ का वडाध्यक्ष ईश्वरमान डंगोलले त्यस क्षेत्रका महिला वर्गलाई घरेलु उत्पादन तथा सीपमूलक व्यवसायमा लगाउनसकेमा सामाजिक रुपान्तरणमा सहयोग पुग्ने बताए ।

सिर्जनशील समुन्नत नेपाल’ का अध्यक्ष शान्ती सिंह शाहीले समाजसेवाका माध्यमबाट पनि राष्ट्र निर्माणमा योगदान पु¥याउन सकिने बताउँदै त्यस क्षेत्रका सिमान्तकृत, पिछडिएका महिलालाई सीप तथा सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गरिन् ।

२०७४ माघ ११ गते प्रकाशित

वि.सं.२०७४ माघ ११ बिहीवार ०८:३४ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...