back
NMB ad

सिलवाल पक्रन भट्टेडाँडा गएको होईन, नियमित सर्च हो – प्रहरी

Kumari bank ad

ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरले अघिल्लो साता भट्टेडाँडामा भएको सर्च प्रतिनिधिसभा सदस्य नवराज सिलवाललाई नै पक्राउ गर्नका लागि नभएको स्पष्ट पारेको छ ।

परिसरका प्रमुख ९प्रहरी वरिष्ठ उपरीक्षक० गणेशबहादुर ऐरले भट्टेडाँडामा नियमित ‘सर्च’ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्रत्येक महिना नै सर्च एण्ड अपरेसन गर्दछौँ ।” फरार अभियुक्तको खोजी, त्यहाँको शान्ति सुरक्षाको अवस्था बुझ्न र नागरिकसँग प्रत्यक्ष संवादका लागि नियमित सर्च हुने गरेको उहाँको भनाइ छ । सिलवालको समेत खोजी भइरहे पनि फेला नपरेको उहाँ बताउनुहुन्छ ।

भट्टेडाँडामा भएको ‘सर्च एण्ड अपरेशन’ का नेतृत्व गरेका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले सिलवालको मात्रै खोजी गर्न नभएर नियमित कार्यक्रम भएको प्रष्टाउनुभयो ।

सिलवाललाई पक्राउ गर्नका लागि नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । परिसरका प्रमुख ऐरले भने ललितपुर परिसर मात्रै नभएर ७७ जिल्लामा काठमाडौँ परिसरले पत्राचार गरेको बताउनुभयो ।

२०७४ माघ ११ गते प्रकाशित

वि.सं.२०७४ माघ ११ बिहीवार १३:०१ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...