back
NMB ad

वैदेशिक रोजगारको वास्तविकता – भारत हुँदै युएई पुगेका नेपाली महिला समस्यामा

Kumari bank ad

युएई । तनहुँकी सुनिता (नाम परिवर्तन) राम्रो काम र आकर्षक तलब पाउने भनी दलालले देखाएको प्रलोभनमा परी १० महिनाअघि भारत हुँदै संयुक्त अरब इमिरेट्स (युएई) आइपुगिन ।

उनलाई बाँकेको नेपालगञ्ज नाका हुँदै भारतको नयाँदिल्ली लगियो । त्यहाँ केही दिन राखेपछि युएई पु¥याइयो । दलालले युएईमा राम्रो काम पाइने भन्दै विभिन्न प्रलोभनमा पारेकै कारण उनी त्यसबेला दुई वर्षकी छोरी घरमा छोडेर युएई आएकी थिइन ।

यहाँ आएपछि सुनितालाई दुबईको जुमेरास्थित एक घरमा घरेलु कामदारका रुपमा काममा लगाइयो । सो कामबापत मासिक ९०० युएई दिराम अर्थात करिब रु २५ हजार दिने भनिएको थियो तर नौ महिना काम गर्दा पनि घर मालिकले आफूलाई तलबबापत एक रुपैयाँ पनि दिएन । तलब माग्दा घर मालिकले “तँलाई किनेको हो, तलब दिनुपर्दैन” भन्ने गरेको उनले आफ्नो पीडा सुनाइन् ।

युएईमा बस्ने एलिसा राई नामकी नेपाली दलालले आफूलाई सो घरमा काम गर्ने गरी बेचेको सुनिताले बताइन् । उनले भनीन्, “मलाई सो घरमा पठाउँदा मेरो घर मालिकसँग एलिशाले १३ हजार दिराम मागेकीमा उनले मेरै अगाडि १२ हजार ५०० दिराम दिएर मलाई आफ्नो घरमा लगेका थिए ।”

बाह्र हजार ५०० दिरामको करिब नेरु तीन लाख ५० हजार हुन्छ । दैनिक २० घण्टा काम गर्दा पनि नौ महिनासम्म तलब नदिएपछि घरमा कोही नभएको मौका छोपेर भागेर अबुधावीस्थित नेपाली दूतावासमा आउन सुनिता सफल भइन् ।

घर मालिक एक महिना बेलायत घुम्न गएको समयमा खाना खर्च भनेर एक पटक १०० दिएकोबाहेक अरु कुनै रकम आफूले नपाएकोे गुनासो गरेकी उनले काभ्रेको राजु लामा नाम गरेका व्यक्तिले आफूलाई युएई पु¥याउन सहयोग गरेको जानकारी दिइन ।

सुनिताले भनीन्, “यसअघि दिदी कुँवेत जानुभएको थियो, राम्रो कमाइ गरेर आउनुभएको थियो, त्यही भए म आएको तर दुःख पाए । उनी अहिले २० वर्ष पुगिन् तर नागरिकता र राहदानी बनाउँदा दुई वर्ष थपेर बनाइएको छ ।

दूतावासको आश्रमस्थलमा डेढ महिनादेखि बसिरहेकी उनी यसै साता नेपाल फर्कने दूतावासले जनाएको छ । सुनिता भागेपछि घर मालिकले उनको राहदानी युएईको अध्यागमनमा पठाइ दिएकाले नेपाल फर्काउन कागजपत्र मिलाउनुपर्ने हुँदा केही समय लागेको दूतावासका अधिकारीले बताए ।

उनीजस्तै सोलुखुम्बुकी रीता (नाम परिवर्तन) पनि दूतावासको आश्रयस्थलमा बसिरहेकी छिन् । उनी काठमाडौँमा आएर काम खोज्दै गर्दा सुदीप गुरुङ नाम गरेका एक व्यक्तिले युएईमा राम्रो पैसा र काम पाउने भन्दै प्रलोभन देखाए ।

उनको प्रलोभनमा परी रु ७० हजार तिरेर रीता पनि भारत हुँदै रोजगारीका लागि छ महिनाअघि युएई आइपुगेकी हुन् । युएईमा उनी शारजहाँस्थित एक घरमा घरेलु कामदारका रुपमा काम गर्न थालिन् तर घरमा काम गर्न थालेपछि रीताले अनेक किसिमका मानसिक र शारीरिक समस्या झेल्नुप¥यो ।

एकातर्फ १८÷२० घण्टा लगातार काम गर्नुपर्ने अर्कोतर्फ घर मालिकले गर्ने शारीरिक दुव्यवहारले उनलाई सताइरहनुका साथै भनेअनुसारको तलबसमेत पाईनन् । मालिकले बेलाबेलामा आफूलाई शारीरिक शोषण गर्ने प्रयास समेत गरेको दुखेसो उनको थियो । रीताले भनिन् “मालिकले जहिले पनि मलाई समात्न आउँथ्यो, सधैँ भाग्दै हिँड्नुपथ्यो ।”

दिनहुँको दुव्र्यवहार सहन नसकेपछि गत हप्ता आफू घरबाट भागेर ट्याक्सी चढेर अबुधावीस्थित नेपाली दूतावासमा आइपुगेको उनले जानकारी दिइन् । दूतावासकै आश्रयमा रहेकी अर्की एक महिला सिर्जना (नाम परिवर्तन) ले पनि आफूलाई एलिशा राईले नै विभिन्न घरमा घरेलु कामदारको रुपमा पठाउने गरेको तर महिना बितेपछि उसले नै तलब लैजाने गरेको पीडा पोखिन् ।

एलिशाका लोग्ने सुजन भण्डारीसमेत यो कार्यमा संलग्नता रहेको उनले जानकारी दिइन् । अबुधाविस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले विभिन्न समस्यामा परेका नेपाली दूतावासको सम्पर्कमा आइसकेपछि उनीहरुको समस्या समाधानका लागि आफूहरुले सक्दो पहल गर्दै आएको बताइन् ।

दूतावासका श्रम सहचारी मोतिराम भुसालले श्रम स्वीकृति लिएर नेपाल हुँदै युएई आउने महिला कम जोखिममा पर्ने गरेको तर भारतको बाटो हुँदै आउने र घुम्न प्रवेशाज्ञा लिएर आई लुकेर काम गर्ने महिला आर्थिक र शारीरिक शोषणमा बढी पर्ने गरेको बताए ।

सरकारले घरेलु कामदारमा रोक लगाएपछि पछिल्लो समय भारत र श्रीलंकाको बाटो हुँदै खाडीका राष्ट्रमा आउने महिला बढी जोखिममा पर्दै आएका छन् ।

यस्तै नेपालकै बिमानस्थलबाट समेत श्रम प्रवेशाज्ञा र घुम्ने प्रवेशाज्ञामा महिलालाई यहाँ ल्याएर दलालले घरेलु कामदारका रुपमा काममा लगाउने गरेका छन् ।

नेपाल र युएईबीच श्रम सम्झौताको तयारी हुन लागेको र यसले पूर्णता पाएपछि यस्ता धेरै समस्या समाधान हुने अपेक्षा गरिएको छ । – किरण भट्टराई/रासस

२०७४ माघ ११ गते प्रकाशित

वि.सं.२०७४ माघ ११ बिहीवार १५:०४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...