back
NMB ad

खैरहनी नगरमा पर्यटनका लागि एक करोड ७३ लाख बजेट

Kumari bank ad

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले पर्यटन क्षेत्र विस्तारका लागि रु एक करोड ७३ लाख बजेट विनियोजन गरेको छ ।

उक्त नगरपालिकाले सौराहा र कुमरोजलाई जोडेर अन्य क्षेत्रमा समेत पर्यटन विस्तार गर्ने काम शुरु गरेको खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले जानकारी दिए ।

पर्यटन विस्तारका लागि रु एक करोड ७३ लाख बजेट छुट्याइएको छ । पर्यटनका हिसाबले सौराहाबाट कुमरोज जोडिएको र त्यसलाई अझ विस्तार गर्दै कठार र कङ्काल सामुदायिक वनसम्म पु¥याउने योजना नगरपालिकाले अघि सारेको उनको भनाइ छ ।

नगरको पर्यटकीय महत्व बोकेको कङ्काली सामुदायिक वनमा मचान (भ्यू टावर) निर्माणका लागि रु ५९ लाख, वनभोज स्थललगायत पूर्वाधार निर्माणका लागि रु २९ लाख, कुमरोज सामुदायिक वनमा मेसजाली निर्माणका लागि रु १५ लाख र भ्यू टावरका लागि रु ४० लाख बजेट विनियोजन गरिएको छ ।

खगेन्द्रमल्ली मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत रहेको वन, कुमरोज वन र कुचकुचे वन जोड्ने गरी पर्यटन मार्ग निर्माणका लागि रु ३० लाख विनियोजन गरेर काम भइरहेको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बताए ।

सो मार्ग निर्माण भएपछि कुमरोजको जिप सफारी समेत विस्तार हुने कुमरोज मध्यवर्ती सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिए । सौराहा आउने पर्यटक घुम्न आउँदा कुमरोजमा चिया खाने, कठार पुग्दा खाना खाने र कङ्काली पुग्दा खाजा खाने गरी गतिविधि सञ्चालन गर्न सके यहाँका स्थानीयवासीको आयआर्जनमा समेत वृद्धि हुने नगर प्रमुख चौधरी बताउछन ।

खैहरनी नगरपालिकाको कुमरोज र कठार क्षेत्र चितवन निकुञ्जसँग जोडिएको राप्ती नदी र वन्यजन्तुको वासस्थान हो । यहाँ पर्यटक जिप सफारी, हात्ती सफारी, पैदलवाक तथा मचानमा बसेर वन्यजन्तु, चराचुरुङ्गी हेर्न र दृष्यावलोकन गर्न मन पराउछन् । पर्यटकलाई जिप सफारी गराएर मात्रै कुमरोजमा गएको एक वर्षमा रु ३० लाख आम्दानी भएको थियो ।

२०७४ माघ १२ गते प्रकाशित

वि.सं.२०७४ माघ १२ शुक्रवार १५:०७ मा प्रकाशित

You can share this post!

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४०

काठमाडौँ, ४ वैशाख : काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि...

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी   

एक रुपैयाँ बचतबाट बन्यो आठ करोडको पुँजी   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:१५

तनहुँ, ४ वैशाखः सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ...

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द   

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:०६

शिकागो (अमेरिका), ४ वैशाख : प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले सोमबार अमेरिकी...

सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट 

सिभिल मलमा खुल्यो ‘चिया अड्डा’को छैटौं आउटलेट 

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:५७

काठमाडौं ।  व्यवसायिक भेटघाट र युवापुस्ता गफिने लोकप्रिय चिया-चेन ‘चिया...

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

भ्रष्टाचार अभियोगमा तत्कालीन कार्यालय प्रमुख विरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:४७

काठमाडौँ, ४ वैशाखः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय...

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन   

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १३:४२

काठमाडौँ, ४ वैशाखः संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस हुनुभएका तोयम...