back
NMB ad

त्रिवेणी मेलामा भोटेघोडाको सटृा भोटे कुकुरको किनबेच

Kumari bank ad

उदयपुर । अघिल्ला वर्षहरुमा कमलानदी त्रिवेणी मेलामा भोटे घोडाको कारोबार हुने गरेको थियो तर यही मेलामा यसपालि भोटे कुकुरको कारोबार बढेको छ । भोटे घोडा लोप हुन थालेपछि जिल्लाको कटारीस्थित कमलानदी त्रिवेणी मेलामा यसको किनबेच नभएकाले यस पटक भने भोटे कुकुरको कारोबार बढेको छ ।

माघ १ गतेदेखि सञ्चालन भएको त्रिवेणी मेलामा अहिलेसम्मकै सबैभन्दा बढी भोटे कुकुरको किनबेच भएको मेला व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर तामाङले बताए ।

विगतका वर्षमा सोलुखुम्बु र ओखलढुंगाको रुम्जाटार क्षेत्रबाट झारिने भोटे घोडाको किनबेच धेरै हुने गरेपनि अहिले तिनको प्रयोग र प्रचलन घट्दै गएकाले मेलामा पनि भोटेघोडाको किनबेच ठप्प हुन पुगेको मेला व्यवस्थापन समितिका सदस्य केदार धमलाले बताए ।

उनका अनुसार अहिले सोलुखुम्बु र ओखलढुंगाबाट खरिद गरेर झारिएका भोटेकुकुर र तिनका छाउरासमेतको किनबेच बढेको हो । एउटा भोटे कुकुरको मूल्य रु आठ हजारदेखि रु १० हजारसम्म पुगेको छ भने छाउरा रु तीन हजारसम्ममा बिक्री भइरहेका छन् । सोलुको हिमाली क्षेत्रबाट झारिएका भोटेकुकुर अहिले तराईको धनुषा, सप्तरी, सिरहा, महोत्तरीसहित भारतको बिहारसम्मका ग्राहकले किनेर लगेका छन् ।
माघको ३ गतेदेखि सोमबारसम्ममा झण्डै रु चार लाखसम्मको भोटेकुकुरको कारोबार भएको समेत त्रिवेणी मेला व्यवस्थापन समितिले जनाएको छ ।

त्रिवेणी मेलामा हिमाली भोटेकुकुरको कारोबार ह्वात्तै बढेपछि हिमाली सोलु र ओखलढुंगा क्षेत्रबाट थुप्रै भोटेकुकुर मेलामा कारोबारका लागि ल्याउने कार्यसमेत भइरहेको छ ।

माघ १ गते देखि शुरु भएको पन्ध्र दिने मेलामा अहिलेसम्म झण्डै रू दुई करोडको कारोबार भइसकेको छ भने सातलाख भन्दा बढीले त्रिवेणी धामको दर्शन गरेको मेला व्यवस्थापन समितिले जनाएको छ ।

२०७४ माघ १५ गते प्रकाशित

वि.सं.२०७४ माघ १५ सोमवार १४:१८ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...