back
NMB ad

मनपरी शुल्क असुल्दै निजी विद्यालय, अनुगमनमा भेटियो यस्तो तथ्य

Kumari bank ad

काठमाडौँ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले पछिल्लो समय निजी विद्यालयको पनि अनुगमन शुरु गरेको ।

विभागले गरेको अनुगमनका क्रममा बाफलको रुपिज इन्टरनेशनल विद्यालय र कपनमा रहेको ड्याफोडिल विद्यालयलाई सात दिनभित्र विभागमा आउन निर्देशन दिएको छ ।

अनुगमन अधिकृत नीरज घिमिरेका अनुसार पछिल्लो समय विद्यालयले वैज्ञानिक मापदण्ड बनाएर शुल्क लिएको नपाएपछि अनुगमन शुरु गरिएको हो ।

विभागले शुल्कको आधिकारिकता खुल्ने कुनै पनि निकायको स्वीकृतिपत्र तथा सो शुल्क लिने सम्बन्धमा कुनै पनि तहगत निर्णय नपाइएकाले सो व्यहोरा खुल्ने कागजातसहित सात दिनभित्र यस विभागमा पेश गर्न निर्देशन दिइएको घिमिरेले जानकारी दिए ।

त्यसैगरी कपनमा रहेको ड्याफोडिल पब्लिक विद्यालयलाई पनि दर्ता कागजातमा विद्यालय बत्तिसपुतलीमा रहेको तर स्कुल कपनमा रहेकाले ठाउँसारी गरी कपन कायम गर्न निर्देशन दिएको छ ।

विद्यालय शुल्क निर्धारण शुल्क संरचना, छात्रवृत्ति सम्बन्धमा विद्यमान शिक्षा ऐन, नियमावली, संस्थागत विद्यालयको मापदण्ड र शुल्क निर्धारण निर्देशिका आधार लिई शुल्क प्रस्ताव तयारी नगरेकाले स्पष्टीकरणका लागि सात दिनभित्र यस विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

केही समयअघिसम्म खाद्य क्षेत्रको मात्र अनुगमन गर्दै आएको विभागले बढी शुल्क लिएको भन्दै सर्वसाधारणबाट गुनासो आएपछि निजी विद्यालयको पनि अनुगमन शुरु गरेको हो ।

अनुगमनका क्रममा अबको केही समय काठमाडौँ उपत्यका बाहिरका विद्यालयमा पनि अनुगमन गर्ने विभागको तयारी छ ।

२०७४ माघ १८ गते प्रकाशित

वि.सं.२०७४ माघ १८ बिहीवार २०:२२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...