back
NMB ad

कुलिङ पिरियडसंग लुकामारी खेल्दै नबिल बैंक, अनिल शाहलाइ डेपुटी सिइओको ललीपप

Kumari bank ad

काठमाडौं। नेपाल राष्ट्र बैंकले ६ महिने कुलिङ पिरियड लागू गरेपछि सिइओ बन्न नपाएका अनिल शाह र नबिल बैङ्कले कानुनलाई डेपुटी सिईओको नाममा बेबकुफ बनाएका छन् ।

एक बैङ्क छाडेपछी अर्को बैङमा सिईओको जागिर खानको लागि ६ महिना रोकेको राष्ट्र बैङ्कलाई झुक्याउदै नबिल बैंकले निमित्त प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ( पदमा बैंकर अनिल शाह नियुक्त गरेको छ ।

राष्ट्र बैंकले एक संस्थाबाट अर्को संस्थाको नेतृत्वमा सिधै जाँदा स्वार्थ बाझिने भएकाले ६ महिना संस्था बाहिर बस्नुपर्ने नियम (कुलिङ पिरियड)को व्यवस्था गरेको थियो। तर, नबिल बैंकले त्यसको धज्जी उडाउँदै शाहलाई नयाँ जिम्मेवारी दिएको छ।

नबिल बैंक सञ्चालक समिति स्रोतका अनुसार शाहले ६ महिना निमित्त सिइओका रूपमा काम गर्नेछन् भने त्यसपछि उनलाई सिइओमा बढुवा गरिनेछ।

मेगा बैंक छाडेर सेञ्चुरी कमर्सियल बैंक जान ठिक परेका शाह शशिन जोशीको बहिर्गमनपछि उनको उत्तराधिकारीका रूपमा नबिल आउन लागेका थिए। तर, सिधै सिइओ बन्ने बाटो छेकिएपछि शाहलाई नबिलले डेपुटी सिइओको रूपमा भित्र्याउने भएको हो।

शाह ८ वर्षअघि नबिलकै सिइओबाट बाहिरिएका थिए। मेगा बैंकमा दुई कार्यकाल सिइओ भएपछि उनी सेन्चुरी जाने अन्तिम तयारीमा थिए। तर, राष्ट्र बैंकले तलबमा अंकुश लगाइदिएपछि सेन्चुरी नगई उनी फेरि नबिल फर्किन लागेका हुन्।

२०७४ माघ १८ गते प्रकाशित

वि.सं.२०७४ माघ १८ बिहीवार २१:४७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...