back
NMB ad

कुलिङ पिरियड काण्ड : नविल बैङ्क र अनिल शाह दुवै फस्न सक्ने राष्ट्र बैङ्कको संकेत

Kumari bank ad

काठमाडौं । राष्ट्र बैंकको कुलिङ पिरियड नीतिको मर्मलार्इ कुल्चिदैं अनिल शाहलार्इ डेपुटी सिइओमा नियुक्त गर्ने नविल बैंकको निर्णयले यतीबेला बैङ्किङ क्षेत्रमा हंगामा खडा गरेको छ । नविलले चोर बाटो प्रयोग गरेर शाहलार्इ डेपुटी सिइओमा नियुक्त गरेको भन्दै राष्ट्र बैङ्कले बैधानिकता नदिने संकेत गरेको छ ।

मेगा बैंकबाट दुई कार्यकाल सकेपछि उनी अवकाश भइसकेका छन्। कुलिङ पिरियडका कारण अर्को बैंकको प्रमुख कार्यकारी हुन शाहले जेठसम्म कुर्नुपर्छ। त्यही कारण नविलले उनलाई भविष्यमा प्रमुख कार्यकारी बनाउने गरी बिहीबार डेपुटी सिइओ नियुक्त गरेको हो।

राष्ट्र बैंकले गत पुस १३ गते एउटा बैंकको प्रमुख कार्यकारी अधिकृत अर्को बैंकमा कम्तिमा ६ महिना जान नपाउने व्यवस्था गरेको थियो। यही व्यवस्थाका कारण गत सोमबारको नविल बैंकको सञ्चालक समितिले शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने अघिल्लो निर्णय खारेज गरेको थियो।

कुलिङ पिरियडको गलत आशयले ब्याख्या गरेको भन्दै राष्ट्र बैंकले शाहको नियुक्तिलाई वैधानिकता दिन नसकिने संकेत गरेको हो । सिइओले अर्को संस्था तत्कालै जाँदा कर्मचारीदेखि ग्राहकसम्म लैजान्छ। त्यो नलगोस् भनेर कुलिङ पिरियड ल्याइएको र एउटा सिइओ अर्कोमा डेपुटी स्तरमा जान्छ भनेर कल्पना गर्न नसकिने कुरा राष्ट्र बैङ्कले राखेको छ ।

राष्ट्र बैंककै केही अधिकारीहरुले भने नविललाई चोर बुद्धिु राष्ट्र बैंककै केही उच्च पदाधिकारीले दिएको बताएका छन् । स्रोतका अनुसार प्रमुख कार्यकारीलाई कुलिङ पिरियड लाग्ने तर तलकोलाई लाग्दैन भन्ने आइडिया राष्ट्र बैंकबाटै दिइएको हो ।‘ कुलिङ पिरियड आएपछि नविललार्इ राष्ट्र बैंकभित्रकै उच्च अधिकारीले डेपुटीमा नियुक्त गरेर ल्याउन आइडिया दिएका थिए ।

बैंकका अध्यक्ष शम्भु पौडेलले राष्ट्र बैंकको उच्च सम्मान गर्दै शाहलाई डेपुटी सिइओमा मात्रै नियुक्त गरिएको बताए । राष्ट्र बैंकलाई नटेर्ने भएको भए प्रमुख कार्यकारी बनाउने निर्णय खारेज नै गर्दैन थियौं उनले भने, राष्ट्र बैंकको इज्जत राख्नकै लागि अनिलजीलाई डेपुटीमा भित्र्याइएको हो ।

यता राष्ट्र बैंकले कुलिङ पिरियडको व्यवस्थालाई थप कसिलो पार्नका लागि निर्देशन संशोधन गर्ने बारे छलफल अगाडि बढाएको छ।

२०७४ माघ १९ गते प्रकाशित

वि.सं.२०७४ माघ १९ शुक्रवार १५:०७ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...