back
NMB ad

लिविया डुङ्गा दुर्घटनामा कम्तिमा ९० जनाको मृत्यु भएको आशङ्का : राष्ट्रसंघ

Kumari bank ad

जेनेभा । लिवियाली सामुद्रिक क्षेत्रमा शुक्रबार भएको डुङ्गा दुर्घटनामा कम्तिमा ९० जना आप्रवासी शरणार्थीको मृत्यु भएको आशङ्का गरिएको संयुक्त राष्ट्रसंघ आप्रवासी मामिला हेर्ने निकायले जनाएको छ ।

“भूमध्यसागरको लिवियाली क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा कम्तिमा ९० जना समुद्रमा डुबेका प्रत्यक्षदर्शीले बताएका छन्,” अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)को एक विज्ञप्तिमा जनाइएको छ ।

दुई लिवियाली तथा आठ जना पाकिस्तानी नागरिक दुर्घटनास्थलबाट केही पर लिवियाली सामुद्रिक तटमा मृत अवस्थामा भेटिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दुर्घटनामा परेका दुई यात्रुले पौडेर जीवन जोगाउन सफल भएको छन् भने अर्को एक जनालाई माझीले उद्धार गरेका आइओएमले जनाएको छ ।

आइओएमले उक्त बाटो यात्राका लागि सुरक्षित नभएको पटक पटक चेतावनी दिँदै आएपनि मध्य भूमध्यसागरीय बाटो नाम दिइएको यस क्षेत्रहुँदै यूरोप जाने आप्रबासीको सङ्ख्यामा कमी आउन सकेको छैन ।

यो लिबियालाई इटालीसँग जोड्ने आप्रबासीले प्रयोग गर्ने अति खतरनाक बाटोका रूपमा लिने गरिन्छ ।

सन् २०१८ को शुरुदेखि शुक्रबारको दुर्घटना पहिले नै यस क्षेत्रमा २१८ जना आप्रबासी शरणार्थीको मृत्यु भएको आइओएमले जनाएको छ ।

त्यसैगरी टर्की र ग्रीस जोड्ने पूर्वी बाटो भएर यूरोप पुग्ने शरणार्थी सङ्ख्या एक हजार ८९ जना रहेको र सन् २०१८ मा कसैको मृत्यु भएको खबर नभएको आइओएमले दिएको छ ।

पश्चिमी बाटो उत्तर अफ्रिका हुँदै स्पेन जाने क्रममा २८ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघ आप्रवासी मामिला हेर्ने उक्त अन्तर्राष्ट्रिय निकायले जनाएको छ ।

२०७४ माघ १९ गते प्रकाशित

वि.सं.२०७४ माघ १९ शुक्रवार १८:३८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...