back
NMB ad

शिक्षामा सरकारी लगानीको समीक्षा गर्न राष्ट्रपतिको आग्रह

Kumari bank ad

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षामा गरिएको सरकारी लगानीको प्रतिफलबारे समीक्षा गरी आगामी दिनका लागि थप परिष्कृत नीति तथा कार्यक्रम तर्जुमा गर्न सम्बद्ध पक्ष जागरुक हुनुपर्ने बताएकी छन् ।

थाहा नगरपालिकाको पालुङ, घट्टेचौरस्थित जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विद्यालयलाई स्वावलम्बी र आत्मनिर्भर बनाएर नै गुणस्तरीय जनशक्ति उत्पादन गर्न सकिने सधैँ हेक्का राख्न पनि आग्रह गरिन् ।

विकासको मूल आधारका रुपमा रहेको गुणस्तरीय शिक्षा प्रदान गर्न राज्य सदा कटिबद्ध हुनुपर्नेमा उनले जोड दिइन् ।

‘थाहा’ दर्शनका प्रणेता सामाजिक चेतना र जागरण अभियानका अभियन्ता रुपचन्द्र विष्टको कर्मस्थलमा आएर विद्यालयमा विज्ञान प्रयोगशाला भवन तथा स्वर्ण स्मारक उद्घाटन गर्ने अवसर पाएकामा आफूलाई खुशी लागेको उनले बताइन् ।

राष्ट्रपति भण्डारीले भनिन्, “नेपालका विभिन्न राष्ट्रिय भाषामा दख्खल राखी भाषाका माध्यमबाट स्थानीय जनसमुदायमा सामाजिक जागरण अभिवृद्धि गर्ने विष्टको कर्मथलोलाई ‘थाहा’ अभियानसँग जोडेर थाहा नगरपालिका नामाकरण हुनु खुशीको विषय हो ।”

राजनीतिक स्थिरता र स्थायित्वसहित मुलुक अब समृद्धितर्फ अगाडि बढ्ने जमर्को गर्दैछ भन्दै उनले दामन पालुङ उपत्यकामा पर्यटन विकासको प्रशस्त सम्भावना रहेकाले पूर्वाधार विकासलाई थप सुदृढ पार्दै पयर्टन व्यवसायका माध्यमबाट आर्थिक विकासमा टेवा पु¥याउन अग्रसर हुन आह्वान गरिन् ।

प्रतिनिधिसभाका सदस्य विरोध खतिवडा, प्रदेशसभा सदस्य कुमारी मोक्तानलगायतले विद्यालय स्वर्ण वर्षमा प्रवेश गरेका अवसरमा शुभकामना दिएका थिए ।

कार्यक्रममा विद्यालय पूर्वप्रधानाध्यापक शिवराज शर्मालगायतलाई सम्मान गरिएको थियो । राष्ट्रपति भण्डारीले विद्यालयको स्वर्ण स्तम्भ र कृषि प्रयोगशाला भवनको उद्घाटन पनि गरेकी थिइन् ।

२०७४ माघ २१ गते प्रकाशित

वि.सं.२०७४ माघ २१ आइतवार १८:०३ मा प्रकाशित

You can share this post!

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...