back
NMB ad

नयाँ सरकारपछी विद्युतको २५ प्रतिशत पव्लिक सेयर जारी हुने, जनताको हातमा सेयर नै सेयर

Kumari bank ad

काठमाडौ । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बित्तिय पुनरसंरचना गरेपछि प्राधिकरणको घाटाको समाधान हुने र त्यसपछि ऐनमा व्यवस्था भए बमोजिम २५ प्रतिशत पव्लिक सेयर जारी गर्ने बताएका छन् । पव्लिक सेयर जारी भएसँगै प्राधिकरण स्वायत्त निकाय हुनेछ ।

घिसिङले नयाँ सरकार आएपछि प्राधिकरण सेयर निष्काशन बारे छलफल अगाडि बढाउने बताएका छन् । नयाँ सरकार बनेपछि नेपाल बिद्युत प्राधिकरणको वित्तीय संरचनाको प्रस्ताव अगाडि बढाएर सेयर जारी गर्ने प्रकृयामा लैजाने उनको भनाई छ ।

अघिल्लो सरकारको पालामा घोषणा भएको जनताको पानी जनताकै लगानीमा अभियान सफल भए नेपाली जनताको हातमा सेयर नै सेयर हुने घिसिङको बिश्लेषण छ । यस परियोजनाको इक्युटीमा सर्वसाधारणको ४९ प्रतिशतसम्म सेयर रहने भएकाले बिद्युत परियोजना निर्माणमा जनताको लगानी उत्साहपूर्वक आउने उनी बताउँछन् ।

नेपाल बिद्युत प्राधिकरणमा कार्यकारी निर्देशक भएर आएको नौ महिनामै प्राधिकरणलाई सञ्चालन नाफामा लगेका घिसिङका अनुसार सबै प्रकृया सकाएर जनतालाई प्राधिरणको सेयर जारी गर्न एकदेखि डेढ बर्षसम्म लाग्नसक्छ । घिसिङले प्राधिकरणका परियोजना, उत्पादन, बितरण, व्यापार र इन्जिनियरिङ लगायतका १३ वटै कम्पनीका सेयर सर्वसाधारणका लागि ल्याइने छन् ।

विद्युत्त प्राधिकरणले सहायक कम्पनीहरु स्थापना गरि नौं सय मेगावटको दुधकोशी, ८२८ मेगावाटको उत्तरगंगाा, ७६२ मेगावाटको तमोर, सात सय मेगावाटको माथिल्लो अरुण, ६० मेगावाटको अरुण, ९० मेगावाटको तामाकोशी पाँचौ, र रोल्वालिङ २५ मेगावाटको जलविद्युत्त आयोजना बनाउने प्रकृया अगाडि बढाएको छ ।

माथिल्लो तामाकोशी ७०० मेगावाटको माथिल्लो अरुण परियोजनालाई सबैभन्दा सस्तो कम्पनी मोडलको रुपमा अगाडि बढाइदैँ छ । चिलिमेले दुईवटा परियोजनाको ६ सय मेगावटको परियोजना गर्दैछ । तामाकोसीले अर्को तामाकोसीको परियोजना अगाडी बढाउँदै छ । रोल्वालिङ २५ मेघावाटको पनि कार्यक्रम अगाडी बढेको छ ।

तत्कालका लागि दुधकोशी र माथिल्लो अरुणलाई तामाकोशी मोडलमा नै बनाउने उनले बताए । तामाकोसी कै अर्को तामाकोसी देखि मोदीका दुईवटा परियोजना कम्पनी मोडल मै बन्ने प्राधिकरण बताउँछ । कर्मचारी र जनताको पैसा उठाएर बनाउने भनेर केही ठूला आयोजना छुट्याइएको छ भने केही ऋण लगानी योजना बनिसकेको छ ।

दुधकोसीमा एसियाली बिकास बैक र माथिल्लो अरुणमा विश्व बैंकले ऋण सहयोग गर्नेछन् । कार्यकारी निर्देशक घिसिङ भन्छन, प्राधिकरणलाई इक्युटीको समस्या होईन, ऋणको समस्या हो । उनका अनुसार तामाकोसी पाँचौंको सेयर जनतामा जारी हुन २ वर्ष, माथिल्लो अरुण र दुधकोशीको चार बर्ष लाग्न सक्छ ।

कुलमान भन्छन् सबै विषय प्राधिकरणको बसमा मात्र हँुदैन । यदि हाम्रो कार्ययोजना अनुसार काम भए लेखेर राख्नुहोस अवको पाँच सात बर्षमा जनताको हातमा जलबिद्युतको सेयर नै सेयर हुनेछ ।

२०७४ माघ २२ गते प्रकाशित

वि.सं.२०७४ माघ २२ सोमवार ०७:२२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...