back
NMB ad

के तपाईले थाहा पाउनुभयो एशियन लाइफको ४० करोड २७ लाखको हकप्रदको यो जानकारी ?

Kumari bank ad

काठमाडौ । एशियन लाइफ इन्स्योरेन्सले ४० करोड २७ लाख बराबरको हकप्द जारी गर्ने भएको छ । बीमा समितिको निर्देशन अनुसार दुई अर्ब चुक्ता पूँजी पुर्याउने क्रममा रहेको एशियन लाइफ इन्स्योरेन्सले फागुन १३ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याउन लागेकको हो ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआएबीएल क्यापिटल रहेको छ । कम्पनीका सेयरधनीले एनआएबीएल क्यापिटल, एशियन लाइफ इन्स्योरेन्सका सबै शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमति पाएका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन गर्न सक्नेछन् ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ४० लाख २७ हजार ९६६ कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीको सेयरमा दुई बराबर एकको अनुपातमा आवेदन गर्न सकिने छ । हकप्रद प्रयोजनका लागि कम्पनीले माघ ८ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो ।

बीमा समितिको निर्देशन अनुसार कम्पनीले ०७५ असारसम्ममा चुक्तापूँजी दुई अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । तोकिएको पूँजी पुर्याउन कम्पनीले थप सवा ७९ करोड रुपैंया पूँजी बिस्तार गर्नु पर्ने हुन्छ ।

इन्स्योरेन्सको माघ ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका कम्पनीका सेयरधनीले मात्र हकप्रद सेयरका लागि आवेदन गर्न पाउनेछन् । उक्त हकप्रदमा आगामी फागुन १३ गतेदेखि चैत्र १८ गतेसम्म आवेदन गर्न सकिने कम्पनीले जनाएको छ ।

गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस बितरण गरि चुक्ता ८० करोड ५५ लाख रुपैंया पुर्याएको इन्स्योरेन्सले ४० करोड २७ लाख रुपैंयाको हकप्रद बिक्री गर्न लागेको हो । उक्त हकप्रद निष्काशन पश्चिात कम्पनीको चुक्ता पूँजी एक अर्ब २० करोड ८३ लाख रुपैंया पुग्नेछ ।

२०७४ माघ २३ गते प्रकाशित

वि.सं.२०७४ माघ २३ मंगलवार १८:५५ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...