back
NMB ad

ओयाक्जुङमा शेर्पा–नेवई कृषि सडक निर्माण तीव्र

Kumari bank ad

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङ स्थित शेर्मा–नेवई साढे पाँच किमी कृषि सडक खण्डको काम तीव्रगतिमा भइरहेको छ । गाउँमा उत्पादन भएको अदुवालगायत कृषिजन्य उत्पादनलाई निकासीका लागि सहज बनाउन सडक स्तरोन्नतिको काम शुरु भएको हो ।

उन्नति समावेशी वृद्धि कार्यक्रमको सहयोगमा जिल्ला प्राविधिक कार्यालयले ठेक्कामार्फत सडक स्तरोन्नतिको काम थालेपछि स्थानीयवासी हर्षित बनेका छन् । सडक निर्माण शुरु भएपछि गाउँवासी हर्षित भएको नेवईको ओयाक्जुङ उन्नत अदुवा कृषक समूहका अध्यक्ष दुर्गाप्रसाद गिरीले बताए ।

साढे पाँच किमी सडक निर्माणका लागि रु तीन करोड ३३ लाखको टेण्डर लागेको छ । अहिलेसम्म ३५ प्रतिशतभन्दा बढी काम भएको छ । सडक बनेपछि ओयाक्जुङ र पौठाकका बासिन्दालाई लाभ मिल्नेछ ।

यसअघि गाविसको बजेटबाट ट्र्याक ओपन भएको सडक स्तरोन्नतिका लागि उन्नति परियोजनाले सहयोग गरेको गाउँवासी खुशी भएको स्थानीयवासीसमेत रहेका फेदाप गाउँपालिका–२ का वडाध्यक्ष गोविन्द मादेम्बाले बताए ।

२०७४ माघ २४ गते प्रकाशित

वि.सं.२०७४ माघ २४ बुधवार १०:५३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...