back
NMB ad

इन्स्योरेन्सको बिक्रिको क्रममा रहेको हकप्रदले समेत बोनस पाउने, ९७ करोडको हकप्रद, बोनस कती ?

Kumari bank ad

काठमाडौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले पछिल्लो हकप्रद सेयरले समेत पाउने गरि १९ करोड ८३ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । १६० प्रतिशत हकप्रद बिक्री गर्ने क्रममा रहेको कम्पनीले उक्त हकप्रदले समेत पाउनेगरी गतबर्षको कमाईबाट लाभांस घोषणा गरेको हो ।

कम्पनीको गत भदौ २७ गते सम्पन्न साधारणसभाले १६० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको र उक्त हकप्रद निष्कासनको प्रक्रियामा रहेकाले हकप्रदले समेत बोनस पाउने कम्पनीले जनाएको छ । हकप्रद निष्कासन पश्चातको चुक्तापूँजीमा बोनस प्रदान गर्ने हुदा लगानीकर्ताले १२.५ प्रतिशतका दरले बोनस पाउने कम्पनीले स्पष्ट पारेको छ ।

कम्पनीले चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा ११ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस अवधिमा प्राइमको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ , मूल्य आम्दानी अनुपात ४५ रुपैयाँ ८२ पैसा, प्रतिसेयर नेटवर्थ २६६ रुपैयाँ ५६ पैसा तथा प्रतिशेयर कुल सम्पत्तीको मूल्य १३१४ रुपैयाँ छ ।

माघ २४ गते बसेको कम्पनी संचालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ६१ करोड दुई लाखको ३२.५ प्रतिशतका दरले कायम हुनेगरी १९ करोड ८३ लाख १५ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांस बीमा समितिको स्वीकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । साथै कम्पनीले कर प्रयोजनका लागि आवश्यक रकम नगद लाभांस वितरण गर्ने बताएको छ । नगद लाभांसको रकम भने खुलाएको छैन ।

हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड रुपैयाँ छ । १६० प्रतिशत हकप्रद जारी गरेपछि कम्पनीको पूँजी एक अर्ब ५८ करोड ६५ लाख पुग्छ । हकप्रद र बोनसपछि कम्पनीको चुक्तापूँजी एक अर्ब ७८ करोड ४८ लाख पुग्नेछ ।

२०७४ माघ २५ गते प्रकाशित

वि.सं.२०७४ माघ २५ बिहीवार १४:१७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...