back
NMB ad

पञ्चकन्यामा पाँच गुणा आवेदन, कसरी हुन्छ वितरण ?

Kumari bank ad

इलाम । जिल्लामा सञ्चालित पञ्चकन्या माई हाइड्रो पावर कम्पनीले रु ५० करोड मूल्य बराबरको शेयर संकलन गरेको छ ।

प्रभावित क्षेत्रका बासिन्दाका लागि आह्वान गरेको शेयरका लागि इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाका बासिन्दा बाट मात्रै सो रकम संकलन गरिएको हो ।

गत माघ ५ गतेदेखि २३ गतेसम्म शेयर आह्वान गरेको उक्त हाइड्रोमा लक्ष्यभन्दा बढी शेयर रकम संकलन भएको उक्त आयोजनाका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले जानकारी दिनुभयो । आयोजनाले ११ लाख कित्ता अर्थात रु ११ करोड शेयर निष्काशन गरेको थियो । आयोजनाले अति प्रभावित र प्रभावितका लागि छुट्टाछुट्टै गरेर ११ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

अति प्रभावित सन्दकपुर गाउँपालिकाका लागि छ लाख ६० हजार कित्ता (६० प्रतिशत) अर्थात रु छ करोड ६० लाख तथा प्रभावित इलाम नगरपालिकामा चार लाख ४० हजार कित्ता (४० प्रतिशत) अर्थात रु चार करोड ४० लाख शेयर निष्काशन गरेको थियो । सन्दकपुर गाउँपालिकामा चाहिएभन्दा बढी शेयर रकम संकलन भएको छ ।

सो गाउँपालिकामा छ लाख ६० हजार कित्ता शेयर निष्काशन गरेकोमा रु १७ करोड शेयर रकम संकलन भएको आयोजनाका कार्यकारी निर्देशक प्रधानले बताए ।

यस्तै इलाम नगरपालिकामा चार लाख ४० हजार कित्ता शेयर निष्काशन गरेकोमा रु ३३ करोड शेयर रकम संकलन भएको छ । आयोजनाले जिल्लाका तीनवटा बैंक सनराईज, प्रभु र लक्ष्मीसहित सन्दकपुर गाउँपालिकाको कार्यालय र माबु हाइड्रोको कार्यालयबाट शेयर रकम संकलन गरेको थियो ।

शेयरमा न्यूनतम २० कित्तादेखि अधिकतम पाँच हजार ५०० कित्तासम्मका लागि आवेदन गर्न पाउने व्यवस्था गरिएको थियो । कम्पनीले सन्दकपुर गाउँपालिकास्थित माबु, माईमझुवा र सुलुबुङमा अप्पर माई जलविद्युत् आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई आयोजना सञ्चालनमा ल्याएको छ भने ६ दशमलव १ मेगावाटको क्यास्केड आयोजना निर्माण सम्पन्न भएको छ ।

बाह्र मेगावाटको माथिल्लो माई र ६ दशालव १ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि १० प्रतिशत शेयर निष्काशन गरिएको प्रधानले जानकारी दिए । उक्त आयोजना सन्दकपुर गाउँपालिकाको माबु र सुलुबुङबीचमा रहेको माइखोलामा सञ्चालन भइरहेको छ ।

२०७४ माघ २९ गते प्रकाशित

वि.सं.२०७४ माघ २९ सोमवार १५:०२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...