back
NMB ad

मेयर पण्डितको चुनाव खर्च उठाउने यस्तो छ काइदा

Kumari bank ad

नुवाकोट । नुवाकोटको विदुर नगरपालिको विकास नेकपा एमालेको जति भूमिका छ त्यो भन्दा बढी भूमिका त्यहाँको विकासको गति सुस्त हुनुमा पनि छ । विगतदेखि एमालेले नेतृत्व लिँदै आएको विदुरमा अहिले स्थानीय सरकारको नेतृत्व पनि एमालेले नै पाएको छ । नेता भन्दा पनि कार्यकर्ताले जीवन्त नुवाकोट एमाले पछिल्लो पटक नेताहरुको गतिबिधिबाट विवादित बन्दै गएको छ ।

स्थानीय तहको निर्वाचनको समयमा नै लाखौँ रुपैँया जिल्ला अध्यक्षलाई बुझाएर टिकट पाएको अभियोग लागेका विदुर नगरपालिकाको मेयर सञ्जु पण्डितले फेरि एकपटक एमालेलाई विवादित बनाउन खोजेका छन् ।

नेकपा एमाले नुवाकोटका एक जना सचिवालय सदस्यले पण्डितले खानीको बालुवा नगरपालिका आफैँले बेच्ने भनेर कृत्रिम अभाव सिर्जना गरेकोदेखि व्यवसायीसँग हप्ता उठाउन संयन्त्र परिचालन गरेको विषयमा पार्टी भित्रै आलोचना सुरु भएको जनाएका छन ।

चुनाव खर्च उठाउने भन्दै पण्डितले अहिले एउटा गम्भीर निर्णय लिएका छन । उनले माओवादी भ्रातृ संगठन गणतान्त्रि तथा प्रगतिशिल कानुन व्यवसायी संगठन नुवाकोटका अध्यक्ष शम्भु नेपाललाई नगरपालिकाको कानुनी सल्लाहकारमा नियुक्त गरेका छन । यद्यपी नगरपलिकाबाट नियुक्ति अनुमोदन गराउन बाँकी नै छ । एमाले अध्यक्ष समेत रहेका प्रतिनिधिसभा क्षेत्र नम्बर दुईका संसाद नारायणप्रसाद खतिवडाको सहमतिले पण्डितले यस्तो जोखिमयुक्त निर्णय लिएको एमाले निकट कानुन व्यवसायीहरुले बताएका छन ।

उनीहरुले पार्टी नेताको उपस्थितिमा कानुन व्यवसायीहरुको भेला नै गरेर संगठित रुपमा मेयरको निर्णयको बिरोध गर्ने तयारी समेत गरेका छन । पण्डितले भने अधयक्षको सहमति समेत लिएकाले चुनाव खर्च उठाउने गरी आफूलाई शम्भु नेपाललाई नै कानुनी सल्लाहकार बनाउने बताएको एमाले निकट एक कानुन व्यवसायीले बताए ।

शम्भु र पण्डित विगतदेखिकै बिजनेशका पार्टनर समत हुन । शम्भुले स्थानीय निर्वाचनमा समेत आफूले पण्डितलाई भोट मागेर माओवादीको राजनीति करिब छाडेको बताउने गरेका छन । शम्भुको यही गतिबिधि थाहा पाएपछि उता गणतान्त्रि तथा प्रगतिशिल कानुन व्यवसायी संगठनले उनलाई कारबाहीको चेतावनी दिएको छ ।

www.dainiki.com बाट

२०७४ फागुन १ गते प्रकाशित 

वि.सं.२०७४ फागुन १ मंगलवार १४:४६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...