back
NMB ad

व्यापार तथा व्यवसायी नीतिलाई वैज्ञानिक रुप दिन माग गर्दै अुनावी तयारी तिब्र

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले व्यापार तथा व्यवसायी नीतिलाई वैज्ञानिक रुप दिन सरकारसँग माग गरेको छ ।
रिपोर्टर्स क्लब नेपालमा महासंघले पत्रकार सम्मेलन गरेर यही फागुन ५ गते एकताको महाधिवेशन सम्पन्न गर्ने जानकारी दिँदै यस्तो माग गरेको हो ।

महासंघका अध्यक्ष नरेश कटुवालले साना तथा मझौला व्यवसायीहरुको हकहित र मुलुकको ब्यापार घाटालाई कम गर्ने उद्देश्यले १८ वटा संगठनहरुको छाता संठगनका रुपमा एकजुट भएको जानकारी दिएका छन् ।

उनले भने,‘राजनीति दलहरुले मुलुकलाई समृद्ध बनाउने भन्छन् तर ब्यापारी तथा व्यवसायीहरुसँग कुनै प्रकारको सल्लाह/सुझाव लिने दिने काम भएको छैन्, यस्तो स्थितिमा कसरी हाम्रो देश समृद्ध बन्छ ?’

उनले अघि थपे,‘आगामी फागुन ५ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा प्रथम महाधिवेशन हुँदैछ, सबैलाई उपस्थित भर्ईदिन आग्रह गर्दछु ।’

संघीय संरचना अनुसार महासंघले आफ्ना क्रियाकलापहरु अघि बढाउने बताएको छ । संस्थाका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीले नेपाल राष्ट्रिय व्यवसायी महासंघ १८ वटा संघ संस्थाहरुको छाता संगठन भएको जनाए ।

नेपाल ब्यापार संघ, राष्ट्रिय ब्यापार संघ, नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघ, एकता ब्यापार संघ, चाहना ब्यापार संघ, खिचापोखरी, नयाँ बानेश्वर, फेन्सी व्यवसायी, रञ्जना ब्यापार संघ सिभिल मल ब्यापार संघ रहेका छन् ।

त्यस्तै कोटेश्वर व्यवसायी संघ, नेपाली टेली मार्केट, पिपुल्स प्लाजा ब्यापार संघ, ललितपुर तयारी पोशाक ब्यापार संघ, भक्तपुर रेडिमेट ब्यापार संघ, बौद्ध ब्यापार संघ, विशाल बजार ब्यापार संघ र तेपाल तयारी पोशाक उत्पादक तथा बिक्रेता संघ रहेका छन् ।

महासंघको प्रथम महाधिवेशनमा पाँच सय जना प्रतिनिधि रहनेछन् भने २ सय जना परिवेक्षक रहने आयोजकले जानकारी दिएको छ ।

साना तथा मझौला उद्योगी व्यवसायीहरुको हित र अधिकारको रक्षार्थ गठन गरिएको महासंघले बुधबार उम्मेदारी दर्ताको समय तोकेको छ ।

२०७४ फागुन १ गते प्रकाशित

वि.सं.२०७४ फागुन १ मंगलवार १७:१३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...