back
NMB ad

नेपाल बैंकको एक अर्ब ७६ करोड ८५ लाखको एफपिओ आउँदै, कहिले र कसरी गर्ने आवेदन ?

Kumari bank ad

काठमाडौ । नेपाल बैंकले प्रिमियम मूल्यमा थप नयाँ साधारण सेयर (एफपिओ) निष्कासन गर्ने भएको छ । सरकारको स्वामित्व ६२ प्रतिशत रहको बैङ्कले एफपिओको प्रस्ताव सहित फागुन २५ गते ५८ औं वार्षिक साधारणसभा डाकेको छ ।

बैंकले हाल सरकारको कायम रहेको सरकारको सेयर संख्या नघट्ने गरि एक अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८०० रुपैयाँ बराबरको एफपिओ निष्कासन गर्ने भएको हो । बैंक संचालक समितिले हाल कायम रहेको चुक्ता पूँजीमा एफपिओ जारी गरि नेपाल सरकारको स्वामित्व ५१ प्रतिशतमा झार्न एफपिओ जारी गर्ने भएको हो ।

एफपिओ पश्चात बैंकको बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता चुक्ता पूँजी आठ अर्ब चार करोड २६ लाख रुपैँया रहेको छ । सरकारको सेयर विनिवेश गर्दा प्रकृया झण्झटिलो हुने भएकाले एफपिओ मार्फत सरकारको सेयर स्वामित्व घटाउन लागिएको हो ।

त्यस्तै गत आर्थिक वर्षको वासलात पारित गर्नेदेखि लेखा परिक्षक नियुक्ती गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ । सधारणसभा प्रयोजनको लागि बैंकले फागुन ९ देखि २५ गतेसम्म बैंकले बुक क्लोज गर्ने जनाएको छ ।

एफपिओपछि कायम हुने पूँजीमा सरकारको सेयर स्वामित्व ६२ बाट घटेर ५१ प्रतिशत कायम हुने भने सर्वसाधारणको ३८ प्रतिशतबाट बढेर ४९ प्रतिशत पुग्नेछ ।

सभाले एफपिओको निष्काशन गर्न अपनाउनुपर्ने सम्पूर्ण विधि, प्रकृया र मूल्य निर्धारण, धितोपत्र निष्कासन गर्ने बिक्री प्रवन्धक तोक्ने लगायतका प्रक्रिया अगाडि बढाउन संचालक समितिलाई अख्तियारी दिने भएको छ ।

२०७४ फागुन १ गते प्रकाशित

वि.सं.२०७४ फागुन १ मंगलवार १९:५१ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...