back
NMB ad

नगरपालिकाले दियो दुई सय पचास विद्यार्थीलाई विद्यालय जान निःशुल्क साइकल

Kumari bank ad

उदयपुर । उदयपुर चौदण्डी नगरपालिका—२ बेल्टारका सामुदायिक विद्यालय तथा क्याम्पसमा अध्ययनरत् विद्यार्थीलाई निःशुल्क साइकल वितरण गरिएको छ ।

बेल्टारबाट टाढा–टाढा घण्टौँ लगाएर विद्यालय तथा क्याम्पस अध्ययन गर्न जान बाध्य हुने ५० जना विद्यार्थीलाई निःशुल्क साइकल वितरण गरेको चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्र राईले बताए ।

वडानम्बर २ को आयोजनामा नगरपालिकाले अहिले ५० जना विद्यार्थीका लागि साइकल वितरण गरिसकेको र अब बाँकी दुईसय साइकल निःशुल्क वितरण गर्ने लक्ष्य रहेको सो वडाका वडाअध्यक्ष सन्तोष सुबेदीले बताए ।

अहिले वडा नम्बर २ का दुई सयभन्दा बढी विद्यार्थी विद्यालय र क्याम्पस जान घण्टौँ पैदल हिड्नुपर्ने वाध्यता छ, त्यस्ता विद्यार्थीलाई लक्षित गरी तत्काल ५० जनालाई साइकल वितरण गरिएको र अब बाँकी दुई सय विद्यार्थीका लागि दुई महिनाभित्रमा साइकल वितरण गरिसकिने उनले बताए ।

“देशका कर्णधार विद्यार्थी भएका कारण अहिले उनीहरुले विद्यालय जानका लागि कष्ट भोग्न नपरोस् भनेर नगरपालिकाको बजेटबाट नै व्यवस्थापन गरेर साइकल वितरण अभियान शुरु गरेका छौं,” प्रमुख राईले भने — “अहिले करिब रु चार लाखको साईकल वितरण गरिएको छ र निकट भविष्यमै रु बीस लाखको मूल्य बराबरको साइकल वितरण गर्ने लक्ष नगरपालिकाले नगरपालिकाको छ ।”

नगरपालिकाले साईकल वितरण गरेपछि अफूहरु एक घण्टा पैदल हिँडेर क्याम्पस जान बाध्य हुनुपर्ने समस्याबाट मुक्त भएको बेल्टार प्रगति टोलका कक्षा ११ मा अध्ययनरत् छात्रा सम्झना भुजेल बताउँछन् ।

भुजेल भन्छन्, “घरबाट बसाहा उच्चमाबि जान दैनिक हिँडेर एक घण्टा लाग्ने गथ्र्यौ, कहिले टेम्पुमा सय रुपैयाँ भाडा तिरेर जाने आउने गरेको र कहिले पैसा नहुँदा घण्टौँ लगाएर पैदल हिँडेर आउनजान बाध्यता थियो, तर नगरपालिकाले साइकल व्यवस्था गरेपछि अब २० मिनेटमा क्याम्यस पुग्ने र बीस÷पच्चीस मिनेटमा घर आउन सक्ने भएका छौँ ।”

अर्का कक्षा ९ मा अध्ययनरत् विद्यार्थी शिवराज राई पनि नगरपालिकाले साइकल वितरण गरेपछि आफूहरुलाई विद्यालय जान सहज भएको बताउँछन् ।

राई भन्छन्, “नगरपालिकाले हामीलाई पढाउन र केही गर्नका लागि विद्यालय जान सहज होस् भनेर साइकल वितरण ग¥यो, हामी पनि पढेर पछि ठूलो मान्छे भएपछि यो नगरपालिका र नगरको सेवा गरेर यो गुन तिर्ने छौँ ।”

नगरपालिकाले टाढा विद्यालय जानुपर्ने विद्यार्थीका लागि साइकलको व्यवस्थापन गरेर उपकार गरेको र अब विद्यार्थीहरुको पढाईमा समेत सुधार हुनसक्ने तथा विद्यार्थीहरु हिँडेर थकाईको कारण पढ्न नसक्ने अवस्थाबाट मुक्त भएको अभिभावक सान्तराज कटुवाल बताउँछन् । रासस

२०७४ फागुन ६ गते प्रकाशित

वि.सं.२०७४ फागुन ६ आइतवार १०:५० मा प्रकाशित

You can share this post!

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...