back
NMB ad

कृषि प्रविधिका विषयमा खेतबारीमै अध्ययन गर्न सुरु

Kumari bank ad

रुकुम । रुकुमका किसानले आफ्नो खेतबारीमा उत्पादन हुने कृषिउपज र उन्नत कृषि प्रविधिका विषयमा खेतबारीमै अध्ययन गर्न सुरु गरेका छन ।
आफ्नो खेतबारीमा उत्पादन हँुदै आएको खाद्यान्न बालीसँगै तरकारी र दलहन बालीको कृषकले ‘कृषक पाठशाला’मार्फत खेतबारीमा सिक्दै उत्पादन गर्न सुरु गरेका हुन ।
परम्परागत र आधुनिक कृषि उत्पादनका विषयमा प्रत्यक्ष काम गर्दै सिक्दैआएका यहाँका कृषक अहिले खेतबारीमै कृषक पाठशाला सञ्चालन गरी सिक्दै उत्पादन गर्न थालेका छन् । जिल्लामा लागू भएको कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गत साविकका १४ वटा गाविसका कृषकले परम्परागत र आधुनिक कृषि उत्पादनबारे सिकाइ गर्न थालेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेश साहले बताए ।
कृषक पाठशालामार्फत उन्नत प्रविधिमा व्यावसायिक कृषि खेतीतर्फ अग्रसर गराउने उद्देश्यका साथ पाठशाला सञ्चालन गरिएको साहले बताए । कृषक समूह गठन गरी पाठशालामा सहभागी गराउने र पाठशालामार्फत सिकाउने गरिएको छ । जिल्ला भरमा यस वर्ष ३० ठाउँमा पाठशाला सञ्चालन गरिएको छ भने ५०० भन्दा बढी किसानले उन्नत कृषि प्रविधिका बारेमा खेतबारीमै जानाकरी पाएको उनले जानकारी दिए ।

कृषकलाई खेतमै पुगेर सिकाउने हुँदा पाठशाला प्रभावकारी रहेको सिम्लीका कृषक रामबहादुर खड्काले बताए । “पाठशाला सञ्चालन नहुँदा कृषि प्राविधिकलाई देख्नसमेत पाइँदैनथ्यो,” उनले भने । अहिले प्राविधिकले खेतबारीमै कृषकलाई पढाउँदै आएका छन् । पाठशालामा सिकेको सीप र ज्ञानको प्रयोग गर्दा अहिले उत्पादनमा वृद्धि भएको कृषकले बताएका छन् ।

फागुन ९ मा प्रकाशित

वि.सं.२०७४ फागुन ९ बुधवार १४:४७ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...