back
NMB ad

चौतारी पुरस्कार घोषित, हेर्नुहोस को–को भए छनोट

Kumari bank ad

काठमाडौं । प्रेस चौतारी नेपालले यस वर्ष प्रदान गरिने विभिन्न पुरस्कार घोषणा गरेको छ ।

पुरस्कार सिफारिश समितिको सिफारिसअनुसार चौतारीले यस वर्ष प्रदान गर्ने पाँच पुरस्कार घोषणा गरेको चौतारीका महासचिव राजेश राईले जानकारी दिए । सोअनुसार ‘हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार’ निर्मला शर्मा र ‘अग्नि शिखा पत्रकारिता पुरस्कार’ प्रमोद दाहाललाई प्रदान गरिनेछ ।

यसैगरी ‘वीरेन्द्रकुमार साह क्रियाशील युवा पत्रकारिता पुरस्कार’ राजु अधिकारी (झापा), वसन्तप्रताप सिंह (बझाङ) र सुभद्रा प्याकुरेल (सुनसरी)लाई संयुक्त रुपमा, ‘डेकेन्द्र थापा पत्रकारिता पुरस्कार’ सुशील अर्याल (गोरखा), दीपक रिजाल (धादिङ) र मीना बुढाथोकी (सल्यान) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

यसैगरी यसै वर्षदेखि स्थापित ‘पद्मलक्ष्मी–सावित्री बस्नेत पत्रकारिता पुरस्कार’ दमन राई (खोटाङ), युनिकबिफा घिसिङ (रामेछाप) र रवीना बोहरा (बागलुङ) लाई प्रदान गरिने घोषणा गरिएको छ ।

ती पुरस्कार विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ का अवसरमा प्रदान गरिने छ । चौतारीले सातै प्रदेशमा एउटा उत्कृष्ट जिल्ला घोषणा गरेको छ । सोअनुसार प्रदेश १ मा पाँचथर, प्रदेश २ मा पर्सा, प्रदेश ३ मा मकवानपुर, प्रदेश ४ मा बागलुङ, प्रदेश ५ मा बाँके, प्रदेश ६ मा सुर्खेत र प्रदेश ७ मा बाजुरा उत्कृष्ट जिल्ला घोषणा गरिएको छ ।

२०७४ फागुन १० गते प्रकाशित

वि.सं.२०७४ फागुन १० बिहीवार २०:१६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...