back
NMB ad

रसुवागढी र साञ्जेनकोआइपिओ बिक्री शुरु गर्न लागिएकै समयमा सि–आश्वा प्रणाली लागू

Kumari bank ad

काठमाडौँ । धितोपत्र सार्वजनिक निष्काशन प्रणालीलाई थप व्यवस्थित र सर्वसूलभ बनाउन सिडिएस एण्ड क्लियरिङ लिले शुक्रबारदेखि केन्द्रीकृत आश्वा प्रणाली (सि–आश्वा) प्रणाली लागू गरिने जनाएको छ ।

फाराम बोकेर घन्टौँसम्म लाइनमा बसी धितोपत्र खरिद गर्नुपर्ने अवस्था अब अन्त्य हुनेछ । लिमिटेडका अध्यक्ष एवं नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले रसुवागढी र साञ्जेनको सीमित साधारण शेयरको बिक्री शुरु गर्न लागिएकै समयमा सि–आश्वा प्रणाली लागू गर्न लागिएको जानकारी दिए ।

उनले सि–आश्वाको कार्यान्वयनसँगै लगानीकर्ताले घरमै बसेर आवेदन दिने र हप्ता दिनभित्रै शेयर बाँडफाँट गरी लगानीको प्रतिफल प्राप्त गर्ने वातावरण तयार भएको बताए । रसुवागढी र साञ्जेनको साधारण शेयर खरिदका लागि भने विशिष्ट अवस्था भएकाले बैंक तथा वित्तीय संस्थामा नै जानुपर्नेछ ।

सि–आश्वा प्रणालीमा हालसम्म ६० बैंक तथा वित्तीय संस्था आबद्ध छन् । सो प्रणालीमा आबद्ध भई हालसम्म एक लाख ३९ हजार ५०२ जनाले विशेष नं ‘सिआरएन’ लिइसकेका छन् । बैंक तथा वित्तीय संस्थामा आबद्ध लगानीकर्ताले आफ्नो खातामा रहेको बैंक तथा वित्तीय संस्थाको जुनसुकै शाखामा गएर सजिलैसँग सिआरएन नम्बर लिन सक्नेछ ।

साञ्जेन जलविद्युत् आयोजनाका लागि सात लाख २९ हजार ७६१ तथा रसुवागढीमा आठ लाख ६८ हजार ३९५ सञ्चयकर्ताले आवेदन दिन पाउनेछन् । साञ्जेन आयोजनाका लागि साधारण शेयर भर्न गत मंसिर २६ गतेसम्मका सञ्चयकोषका सञ्चयकर्ता र रसुवागढीका हकमा गत पुस २० गतेसम्मका सञ्चयकर्ताले पाउनेछन् । रासस

२०७४ फागुन १० गते प्रकाशित

वि.सं.२०७४ फागुन १० बिहीवार २०:३६ मा प्रकाशित

You can share this post!

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२४

काठमाडौं । एनएमबि बैंकले बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित...

मनकामना केबलकार शुक्रबार बन्द हुने   

मनकामना केबलकार शुक्रबार बन्द हुने   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:१६

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक...

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...