back
NMB ad

एमाले उपाध्यक्ष रावलमाथी एमालेकै दयालको यस्तो कटाक्ष : भने पश्चिमका जिम्मुवालले अछामेलीलाई पकेटमार बनाए

Kumari bank ad

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं प्रदेश नं. ७ का संयोजक भीमबहादुर रावललाई एमालेकै अर्का नेता दयालबहादुर शाहीले संगिन आरोप लगाउँदै तह लगाउने चेतावनी दिएका छन् ।

शाहीले सामाजिक सञ्जाल (फेसबुकको आफ्नो वाल) मा शुक्रबार बिहानै स्टाटस लेख्दै भने रावल पश्चिमका जिम्मुवाल भएर निरंकुश शैलीमा काम गर्दै आए । उनले थपेका छन्, ‘७ नम्बर एमालेमा शुरूदेखि आजसम्म पसिना बगाउने हस्ती अरू नै हुनुहुन्छ । रावल कमरेड त पर्यटक हो ।’

शाहीले थप लेखेका छन् ‘पार्टीका पाँच शिर्ष नेतालाई पश्चिमर्फ फर्केर हेर्ने फुर्सद नभएको भन्दै जिमुवालतन्त्र हाबी हुने नै भयो । कमरेड भीम रावलले दुबै गुटका ठूलाको गुलामी र सानालार्इ फलामी गरेर ७ नम्बर प्रदेशका ८ जिल्लाका दुबै धारको खल्ती रित्याउदै अछामीहरूलार्इ बगलीमारा राजनीतिमा उतारेको दुर्इ दशक भयो ।’

उनले दर्जनबढी नेतालाई पाखा लगाएर आफु मात्रै सर्वेसर्वा बन्न खोजेको आरोप लगाए ।

रावललाई तह लगाउन सात नम्बर प्रदेशका आठ जिल्लाका एमालेजनले मतो कसिसकेको उनले बताए । रावल माथी क्षेत्रीहरुको जातिय पार्टी गठन गर्न तम्सिएको आरोप लगाउँदै उनी लेख्छन् ‘बुटवल महाधिवेशनमा उपाध्यक्ष हारेपछि केन्द्रीय सदस्यको सपथ नलिएर क्षेत्रीहरूको जातीय पार्टी गठन गर्न तम्सिएको अवस्थामा फेरि रावल कमरेडलार्इ पुगाएर मात्र क्षमाको कुरो गर्ने मतो कसिसक्यौं ।’

शाहीको यो प्रसंग प्रदेश ६ का प्रदेश सांसद चन्द्रबहादुर शाहीले आफुले मुख्यमन्त्री, सभामुख वा मन्त्री नपाउँदा पार्टी र सांसदबाटै दिएको राजीनामा लक्षित छ । उनले प्रसंग कोट्याउँदै लेखेका छन् ‘मुगुबाट निर्वाचित प्रदेश सभा सदस्य माननीय चन्द्रबहादुर शाहीको राजीनामाका जरा पश्चिम एमालेमा हाबी जिमुवाल प्रवृतिमा रोपिएका छन् ।’

यही मेसोमा प्रदेश नं. ६ का सहसंयोजक एवं संसदीय दलका नेता यमलाल कँडेलमाथी पनि निर्मम प्रहार गरेका छन् ।
हेर्नुहोस शाहीको कटाक्ष जस्ताको तस्तै …

वि.सं.२०७४ फागुन ११ शुक्रवार ०९:१४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...