back
NMB ad

यसरी पाउनुस मेमोरी कार्डबाट हराएको फाइल

Kumari bank ad

काठमाडौं । आजभोली डिजिटल प्रविधि स्मार्टफोन, डिजिटल क्यामरा इत्यादिमा स्टोरेज क्षमता बढाउन माइक्रोएस्डी कार्ड मेमोरी कार्ड को प्रयोग गरिन्छ। प्रयोगकर्ताले आफूलाइ चाहिने डाटा, फोटो, भिडियो तथा गित इत्यादि आफ्नो डिभाइसमा सेभ गर्न मेमोरी कार्डको प्रयोग गरिन्छ।

यही विशेषता कारण यो सानो स्टोरेज डिभाइस धेरै भन्दा धेरै प्रयोगकार्ताले मन पराएर विश्वब्यापी रुपमा प्रख्यात भएको छ। यद्यपि ठुलो परिणाममा प्रयोग हुने यो स्टोरेज डिभाइसमा डाटा हराउने समस्या पनि प्राय भइरहन्छ। हामीले आफ्नो डाटा नहराओस् भनेर अपनाएका अनेक सतर्कताका बावजुद कुनै दिन अकस्मात घटना हुन सक्छ।

कहिले काहिँ सिस्टमको खराबी, भाइरस, झुक्किएर डिलिट वा फर्म्याट भएको डाटा फिर्ता ल्याउन मिल्छ कि मिल्दैन भन्ने कुराले सताउन सक्छ। यस्तो अवस्थामा डाटा रिकभर गर्न माइक्रो एस्डी कार्ड रिकभरी सफ्टवेयरको प्रयोग उपयुक्त हुन सक्छ।

१)सबै भन्दा पहिले ‘इजअस डाटा रिकभरी सफ्टवेयर’ नामक सफ्टवेयर सर्च गरेर डाउनलोड गर्ने।

२)इन्स्टल गरिसकेपछि एस्डी कार्डलाइ कम्प्युटरमा कनेक्ट गर्ने।

३)सफ्टवेयर लन्च गर्ने, निर्देशन अनुरुप मेमोरी कार्ड सेलेक्ट गर्ने र स्क्यानमा क्लिक गरेर हराएको फाइल र कार्डमा बिग्रेर बसेको फाइल सर्च गर्ने।

४)सुरुमा क्वीक स्क्यान हुन्छ। यो प्रकृया सकिएपछि फाइल खोज्न डिप स्क्यान आफै लन्च हुन्छ।

५)स्क्यान सकिएपछि रिकभरी सफ्टवेयरले हराएको डाटा स्कृनमा देखाउँछ, त्यस पछि एस्डी कार्डबाट हराएको फाइललाइ पुनः प्राप्त गर्न रिकभर बटनमा क्लिक गर्ने।

६)रिकभर भएको फाइललाइ जुनकुनै ड्राइभमा सेभ गरेर सुरक्षित राख्न सकिन्छ।

प्रकाशित मिति २०७४ फाल्गुण १३ गते

वि.सं.२०७४ फागुन १३ आइतवार १६:२३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...