back
NMB ad

कुटुङसाङमा व्यवस्थित होमस्टे बन्ने

Kumari bank ad

त्रिशूली । दुप्चेश्वर गाउँपालिकाका स्थानीयवासीलाई होमस्टे सञ्चालनका लागि तालीम दिइएको छ । दुप्चेश्वर गाउँपालिका–२ गाउँखर्क, कुटुङसाङका २० जनालाई १५ दिने होमस्टे सञ्चालनको तालीम दिइएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।

पर्यटकीय गन्तव्य लाङटाङ तथा गोसाइँकुण्ड जाने पदमार्गमा रहेको कुटुङसाङमा पर्यटन प्रबद्र्धनका लागि अक्सफामको सहकार्यमा कार्डसनले सञ्चालन गरेको तालीमले स्थानीवासीयलाई घरबास राख्न प्रेरित गर्ने बताइएको छ ।

तालीमप्राप्त स्थानीयवासीलाई होमस्टे सञ्चालनका लागि गाउँपालिकाका तर्फबाट सहयोग गरिने अध्यक्ष तामाङले बताए । “गाउँपालिकालाई नमूना पर्यटकीय केन्द्र बनाइने छ । होमस्टेको प्रबद्र्धन गरिने योजना रहेको छ”, अध्यक्ष तामाङले भने, “गाउँपालिकाभित्र रहेका प्राकृतिक, धार्मिक सम्पदालाई पर्यटकीय केन्द्र बनाउनेछौँं । यसबाट स्थानीयवासीको आयआर्जनमा समेत वृद्धि हुनेछ ।”

होमस्टेबारे तालिम दिन आउनुभएका तारागाउँ विकास समितिका घनश्याम ढकालले गोसाइँकुण्ड तथा लाङटाङ पदमार्गमा पर्ने भएकाले दुश्चेश्वर गाउँपालिकाले कुटुङसाङ क्षेत्रमा एक रात भए पनि पर्यटकलाई राख्न सक्ने वातावरण बनाएर स्थानीयवासीको राम्रो आयआर्जन गराउने बताए । कुटुङसाङ क्षेत्र हुँदै ओहोरदोहोर गर्ने पर्यटकलाई लक्ष्य गरी हाल सञ्चालन भइरहेको होमस्टेलाई तालीमपछि अझै व्यवस्थित रूपमा सञ्चालन गरिने स्थानीयवासी होटेल व्यवसायी दावा तामाङले बताए ।

प्रकाशित मिति २०७४ फाल्गुण १३ गते

वि.सं.२०७४ फागुन १३ आइतवार १७:३२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...