back
NMB ad

जनतालाई स्थानिय सरकारको आभास,बस्तीमै पुगेर योजना सम्झौता

Kumari bank ad

पर्वत । पर्वतको सबैभन्दा विकट बिहादी गाउँपालिकाले घरदैलोमै पुगेर योजना सम्झौता गरेको छ । गाउँपरिषद्ले पारित गरेका सडक, सिँचाइ, कृषिलगायतका ६६६ वटा योजना गाउँघरमै पुगेर सम्झौता गरिएको हो । उपभोक्ता समितिमार्फत काम गर्ने योजनालाई समयमै सम्पन्न गर्न गाउँघरमै पुगेर योजना सम्झौता गरिएको र यसले उपभोक्ता समितिलाई विभिन्न प्रक्रिया पु¥याउने झण्झटसमेत कम भएको छ ।

योजना सम्झौताका क्रममा उपभोक्ता समितिलाई विषयगत रुपमा विनियोजन गरेको २५ प्रतिशत बजेटसमेत गाउँघरमै प्रदान गरिएको छ । अरु रकम भने उपभोक्ता समितिले काम सम्पन्न गरिसकेपछि पाउने छन् ।

गाउँपालिकाले बिहादीवासीलाई सिहंदरबार गाउँघरमै आएको अनुभूति दिलाउन तथा विकास निर्माणमा सहजता प्रदान गर्नका लागि टोलटोलमै पुगेर योजनाको सम्झौता गर्ने व्यवस्था मिलाएको गाउँपालिकाले जनाएको छ ।

बिहादी गाउँपालिकाका छवटै वडामा रहेका ३६६ वटा योजना वडामै पुगेर सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेश शर्माले जानकारी दिए । गाउँघरमै पुगेर योजना सम्झौता गर्दा स्थानीयवासीको समयको बचत हुने तथा घण्टौँ हिँड्नु नपर्ने र कार्यालयमा भीडभाड कम हुने हुँदा घरदैलोमै पुगेर गाउँसभाले पारित गरेका योजना सम्झौता गर्न थालेको उनले बताए ।

बजेटको सदुपयोग गर्दै समयमै योजना सम्झौता गरी विकासको कार्यलाई तीव्र गतिमा अगाडि बढाइने शर्माले बताए ।
गाउँपालिका प्रमुख कमलप्रसाद भुसालका अनुसार योजना सम्झौता भएलगत्तै उपभोक्ता समितिले काम शुरु गरेका छन् । कतिपय बहुवर्षेबाहेकका साना योजना चालू आवमै सकिने गरी काम गर्न निर्देशनसमेत दिएको भुसालले बताए ।

जिल्लाको महाशिला, मोदी र जलजला गाउँपालिकाले पनि टोलटोलमै पुगेर योजना सम्झौता गरेका छन् । फलेवास नगरपालिकाले प्रत्येक वडामा एक–एक दिन घुम्ती सेवा सञ्चालन गरी कृषकलाई बीउबिजन वितरण, योजना सम्झौता, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्र वितरणजस्ता कामसमेत गरेको जनाएको छ ।

प्रकाशित मिति २०७४ फाल्गुण १४ गते

वि.सं.२०७४ फागुन १४ सोमवार १४:३१ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...