back
NMB ad

वैदेशिक रोजगार ऐनमा मानव बेचबिखनलाई समेट्नुपर्छ

Kumari bank ad

काठमाडौँ । कडा कानून नहुँदा मानव बेचबिखनमा संलग्नहुनेहरु उम्कने गरेका छन् ।

महिला कानून र विकास मञ्चले आज काठमाडौंमा आयोजना गरको ‘मानव बेचबिखन तथा वैदेशिक रोजगारबीचको अन्तरसम्बन्ध’ विषयक छलफल कार्यक्रमका सहभागी वक्ताहरुले वैदेशिक रोजगारीमा जाने महिला मानव बेचबिखनमा पर्ने गरेको भएपनि यस सम्बन्धी कडा कानून नभएका कारण त्यसमा संलग्नहुनेले कारबाहीको दायरामा आउन नसकेको बताए ।

उनीहरुले वैदेशिक रोजगार ऐन २०६४ र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले वैदेशिक रोजगारीका सिलसिलामा हुने मानव बेचबिखनलाई समेट्न नसकेकाले मानव बेचबिखन बढेको बताउँदै ऐन अनुसार वैदेशिक रोजगारीमा जाँदा ठगी र बेचबिखनमा परेको व्यक्तिले ठगी मुद्दा मात्रै दर्ता गर्ने गरेको स्पष्ट पारे ।

वैदेशिक रोजगार गएका व्यक्ति बेचबिखनमा पर्छन् भन्नेतर्फ ऐनमा कहिं कतै उल्लेख नगरिएकाले मानव बेचबिखनमा संलग्नहुनेहरु उम्कने गरेको उनीहरुले बताए ।

कार्यक्रममा अधिवक्ता रोश्ना प्रधानले वैदेशिक रोजगार ऐनले ठगीलाई मात्र समेटेको र बेचबिखनलाई नसमेटेकाले यसको परिभाषा नै परिवर्तन गर्नुपर्ने बताउँदै ठगी र बेचबिखनमा परेमा दोहोरो मुद्दा चलाउने व्यवस्था ऐनमा संशोधन हुनुपर्ने धारणा व्यक्त गरिन् ।

मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले एउटै व्यक्ति बेचबिखन र ठगीमा परेमा दुई फरकफरक कसुरमा मुद्दा चलाउने व्यवस्था भएमा पीडितले न्याय पाउने बताए ।

“वैदेशिक रोजगारमा जाने महिला बेचबिखनमा परे भने कारबाही गर्ने कुनै कानून नै छैन”, उनले भने, “त्यसैले अब दुवै ऐन संशोधन गरेर पिडकलाई कडाभन्दा कडा कारबाही गर्ने कानून बनाउनु पर्दछ ।”

कार्यकारी निर्देशक श्रेष्ठले पीडितलाई कानूनमा सहज गराउनका लागि सातवटै प्रदेशमा मानव बेचबिखनविरुद्धको ब्यूरो कार्यालय स्थापना गर्नुपर्नेसमेत जोड दिए ।

गत असार मसान्तसम्म करिब ४७ लाख ७८ हजार वैदेशिक रोजगारमा गएको सरकारी तथ्यांक छ । रासस

२०७४ फागुन १४ गते प्रकाशित

वि.सं.२०७४ फागुन १४ सोमवार २१:०२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...