back
NMB ad

यस्तो छ सडक दुर्घटना बढ्नुको कारण

Kumari bank ad

रोल्पा । रोल्पामा अव्यवस्थित ढंगले निर्माण गरिएका ग्रामीण सडकमा सवारी दुर्घटना बढिरहेको छ । सवारी दुर्घटना बढ्दै जाँदा वर्षेनी ठूलो मात्रामा धनजनको क्षतिसमेत हुँदै आएको छ ।

ग्रामीण सडकका रुपमा रहेका जिल्लाका भित्री सडक साँघुरा र अव्यवस्थित हुँदा दुर्घटना बढिरहेको बताइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाले दिएको जानकारीअनुसार आर्थिक वर्ष ०७२÷०७३ मा भएका २० वटा सवारी दुर्घटनामा सातजनाको मृत्यु, १२ जना घाइते र २२ जना समान्य घाइते भएका थिए ।

यसैगरी, आव ०७३÷७४ मा भएका ३६ वटा सवारी दुर्घटनामा पाँचको मृत्यु, २७ जना घाइते र २७ जना सामान्य घाइते भएका थिए । चालू आवको फागुन १५ गतेसम्म भएका आठवटा सवारी दुर्घटनामा तीनजनाको मृत्यु, दुईजना घाइते र १० जना सामान्य घाइते भएका थिए ।

भित्री सडकमा ट्र्याक्टर दुर्घटनाको संख्या बढिरहेको देखिएको छ । ट्र्याक्टर दुर्घटनामा केही दिन अगाडि रोल्पाको ह्वामाका एक स्कूले विद्यार्थीको मृत्यु भएको थियो । बिहेको जन्ती बोकेको सो ट्र्याक्टर दुर्घटना हँुदा स्कूले बालकको मृत्यु हुनुका साथै जन्तीसमेत घाइते भएका थिए । यसैगरी, पूर्वी रोल्पाको सिर्पमा गत हप्ता भएको ट्र्याक्टर दुर्घटनामा समेत दुईजनाको ज्यान गएको थियो ।

विद्यालय कक्षा सञ्चालन, चालकसँग एक मिनेट कार्यक्रम, चालकको व्यवहारबारे यात्रुसँग छलफलजस्ता कार्यक्रम सञ्चालन गरी दूर्घटना न्यूनीकरणको प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका प्रहरी जवान दिवाकर ओलीले जानकारी दिए ।

जिल्लाका कालोपत्रे भएका मुख्य सडकमा दुर्घटनाको दर निकै कम रहेपनि भित्री र कच्ची सडकमा बढी मात्रामा दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाले बताएको छ ।

२०७४ फागुन १५ गते प्रकाशित

वि.सं.२०७४ फागुन १५ मंगलवार ११:३८ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...