काठमाडौँ । नयाँ अर्थमन्त्रीको आगमनसंगै निरन्तर घटेको सेयरबजार सकारात्मक देखिएको छ ।
राष्ट्र बैंकका पूर्व गभर्नर समेत रहेका डा युवराज खतिवडा अर्थमन्त्री नियुक्त भएको भोलिपल्टै देखिएको यो संकेत सकारात्मक भएको शेयर विश्लेषकहरु बताउँछन् । आज उत्पादन बाहेक सबै समूहका सूचक उकालो लागेको छ ।
मंगलबार बजार खुलेदेखि नै निरन्तर बढेको नेप्से सवा दुई घण्टाको अवधिमा करिब १४ अंकले बढेर १३७२ अंकमा पुगेको छ । यसबीचमा १३७ कम्पनीको ३१ करोड ७९ लाख बराबरको कारोबार भएको छ ।
खतिवडा राष्ट्रियसभामा सिफारिश भएपछि घटेको बजार उनी अर्थमन्त्रीमा पद बहाली गर्ने दिन सोमबार पनि दोहोरो अंकले नै घटेको थियो । तर उनले कार्यभार सम्हालेपछि भने बजार दोहोरो अंकले बढेको छ ।
२०७४ फागुन १५ गते प्रकाशित
वि.सं.२०७४ फागुन १५ मंगलवार १३:४० मा प्रकाशित