back
NMB ad

चितुवाले आक्रमण गर्दा बालक घाईते

Kumari bank ad

बैतडी । बैतडीमा सोमबार राति चितुवाले एक बालकलाई आक्रमण गरेको छ । आक्रमणमा परी मेलौली नगरपालिका–९, रोकटाका मानबहादुर चन्दका डेढ वर्षीय छोरा गणेशबहादुर चन्द गम्भीर घाइते भएका बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

घरकै भुइँतलाको भान्छा कोठामा रहेका बालकमाथि चितुवाले आक्रमण गरेको हो । चितुवाको आक्रमणले चन्दको आँखा, टाउको र गालामा गहिरो घाउ रहेको छ । घाइते बालकलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि आज विहान सेती अञ्चल अस्पताल, धनगढी रिफर गरिएको छ ।

विगत छ वर्षदेखि चितुवाले आक्रमण गरी त्यस क्षेत्रका २३ जनाको ज्यान लिइसकेको छ । केही समय चितुवाले मानिसलाई आक्रमण नगरेको भए पनि फेरि आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका वीरेन्द्र महताले जानकारी दिए ।

चितुवा नियन्त्रणका लागि पटक–पटक प्रहरी परिचालन गरिएता पनि सफलता भने हात नलागेको प्रशासनले जनाएको छ । बेला–बेलामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनरक्षक टोली खटिए पनि चितुवा फेला पार्न नसकेर टोली फर्किएको थियो ।

२०७४ फागुन १५ गते प्रकाशित

वि.सं.२०७४ फागुन १५ मंगलवार २०:०४ मा प्रकाशित

You can share this post!

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...