back
NMB ad

प्रदेश ३ मा मन्त्रिपरिषद्ले पायो पूर्णता

Kumari bank ad

हेटौँडा । प्रदेश नं ३ मा मुख्यमन्त्री डोरमणि पौडेलले मौजुदा मन्त्रिपरिषदमा आज चार जना नयाँ मन्त्री थपी मन्त्रिपरिषद्विलाई पूर्णता दिएका छन् ।

नवनियुक्त मन्त्रीहरुमा नेकपा एमालेका तर्फबाट कैलाश ढुंगेल आर्थिक मामिला तथा योजना, अरुण नेपाल उद्योग पर्यटक, वन र वातावरण, दावा दोर्जे लामा भूमि व्यवस्थापन कृषि र सहकारी र नेकपा माओवादी केन्द्रका युवराज दुलाल सामाजिक विकास मन्त्री हुनुहुन्छ ।

प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले यहाँ आयोजित समारोहमा नवनियुक्त चारजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो ।

उक्त कार्यक्रममा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ र विभिन्न मन्त्रालयका सचिव सहभागी हुनुहुन्थ्यो ।वर्तमान मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित सात जना मन्त्री रहने मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

नवनियुक्त मन्त्रीले आगामी शुक्रबार पदबहाली गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रेश्मीराज पाण्डेले जानकारी दिए ।

२०७४ फागुन १६ गते प्रकाशित

वि.सं.२०७४ फागुन १६ बुधवार १९:३७ मा प्रकाशित

You can share this post!

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...