back
NMB ad

बाणिज्य बैङ्कको ९ कारोड ६१ लाख घोटाला काण्ड : २ पक्राउ, २ फरार

Kumari bank ad

काठमाडौ । राष्ट्रिय बाणिज्य बैङ्कको नौ करोड ९ कारोड ६१ लाख ५५ हजार रुपैँया घोटाला काण्डका २ अभियुक्तलाई सार्वजनिक गरेको छ । मोरङ प्रहरीले बैङ्कको बिबराटनगर शाखामा भएकको घोटाला काण्डमा संलग्न तोर्णराज राउत र विष्णु प्रसाद निरौलालाई सार्वजनिक गरेको हो ।

पक्राउ परेका विराटनगरको रानी भन्सार शाखाको सुख्खा बन्दरगाहा काउन्टर शाखाका ईञ्चार्ज वरिष्ठ सहायक राउतको बयानको आधारमा बैङ्कका शाखा प्रबन्धक निरौलालाई कार्यकक्षबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोहि घोटालामा संलग्न भन्सार एजेन्ट ललित बोहरा र प्रतिनिधि सुरेश बोहरा हालसम्म फरार रहेको र उनिहरकको खोजि भइरहेको मोरङका प्रहरी प्रमुख एसपी अरुण बिसीले जानकारी दिए । भारतबाट आयात गर्दा भन्सार शूल्क दाखिला गर्ने क्रममा पेयी चेकमार्फत वाणिज्य बैङ्कको ९ करोड ६१ लाख ५५ लाख रुपैँया घोटाला भएको थियो ।

रानी भन्सारमा सामान क्लीयरिङ्ग गर्दा भन्सार एजेन्ट ललित बोहरा र प्रतिनिधि सुरेश बोहराको सुरेश क्लियरिङ्ग एण्ड फरवार्डिङ्ग सर्भिसमार्फत बैंकको सुख्खा बन्दरगाहाको भन्सार शाखामा बुझाइएका ती चेकहरु वाउन्स फेला परेका थिए । भन्सारको राजश्व खातामा जम्मा देखिएको ९ करोड ६१ लाख ५५ हजार रकम बैंकमा जम्मा नभएपछी बैंकमा घोटला भएको सार्वजनिक भएको थियो ।

प्रहरीले बैक घोटला काण्डको अनुसन्धान गर्नका लागि गएको ९ पुसदेखि १९ माघसम्म भन्सार एजेण्ट सुरेशमार्फत कारोबार भएको सम्पूर्ण विवरण पनि भन्सारसँग माग गरेको छ । जुन अवधिमा विभिन्न ४९ वटा औद्योगिक फर्महरुको बस्तु आयातको भन्सार शुल्कको कारोबार भएकोमा भन्सार एजेण्ट सुरेशमार्फत ४६ वटा फर्मले कारोबार गरेका थिए । उक्त अवधिमा १८ करोड ४० लाख ४४ हजार ७ सय ६५ रुपैयाँको कारोबार भएको थियो ।

२०७४ फागुन १६ गते प्रकाशित

वि.सं.२०७४ फागुन १६ बुधवार २०:५८ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...