back
NMB ad

सिस्नो पाउडर गाउँबाटै प्रति किलो चार सय रुपियाँमा कारोबार

Kumari bank ad

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ पाउद्वारमा युवाहरुले सिस्नो पाउडर उद्योग स्थापना गरेका छन् ।
छुँदा च्वास्स पोल्ने र शरीर झमझमाउने सिस्नोलाई प्रशोधन गरेर पाउडर उत्पादन गरी उनीहरुले आम्दानी गर्न थालेका हुन् । जंगलमा खेरगइरहेको सिस्नोलाई आम्दानीको स्रोतको रुपमा उपयोग र रोजगारी सिर्जनाका लागि पाउडर उद्योग सञ्चालन गरिएको खयरभारानी सिस्नो पाउडर उद्यम समूहका अध्यक्ष चौनारायण पुनले जानकारी दिए ।

अध्यक्ष पुनकाअनुसार दशजना युवाले रु छ लाख पचास हजारको लगानीमा चार महिनाअघि स्थापना गरिएको उक्त उद्योगबाट १५० किलोग्राम भन्दा बढी पाउडर उत्पादन र बिक्री भएको छ । बेनी, पोखरा र काठमाडौँका होटल तथा गाउँमा आउने पाहुनालाई प्रतिकिलो रु चार सयका दरले पाउडर बिक्री गरिएको पुनले बताए । बजारसम्म पुर्याउँदा यसको मूल्यमा ढुवानी खर्च थपिन्छ ।

उद्योग सञ्चालन भएपछि गाउँ नजिकैको पाखो, खेतबारीका कान्ला, खोल्सामा खेरगइरहेको सिस्नोको मुना टिपेर स्थानीयवासीले आम्दानीसमेत गर्न थालेका छन् । सिस्नोको कलिलो मुनालाई टिपेर घाममा सुकाइ मिलमा पिसेर बनाइने पाउडरलाई प्याकेजिङ गरेर बजारमा पठाउने गरिन्छ । उद्योग सञ्चालनका लागि समूहले जग्गा भाडामा लिएको छ ।

जिल्ला युवा समितिको कार्यालयले सो समूहलाई उद्योग स्थापनाका लागि रु पाँच लाख निब्यार्जी रकम उपलब्ध गराएको छ । पहिलो किस्ताबापत रु दुई लाख ५० हजार उपलब्ध गराइएको र दोस्रो किस्ता निकासाको तयारीमा रहेको समितिका अध्यक्ष देवीप्रसाद शर्माले बताए ।

यस वर्ष पनि युवाले सञ्चालन गरेको उद्योग, व्यवसायलाई सहयोग गर्ने कार्यक्रम रहेकाले प्रस्ताव माग गरिएको छ । नियमित रुपमा सिस्नो पाउडर उत्पादनका लागि सोलार डायर राख्ने योजना रहेको अध्यक्ष पुनले बताए ।

कुनै समय गरिबको खानाको रुपमा चिनिएको सिस्नो पछिल्लो समय सहरबजारका धनाढ्य वर्गका मानिसको भान्छाको परिकार बन्न थालेको छ । स्वास्थ्यवद्र्धक र औषधिको रुपमा सिस्नोको पाउडरलाई सुप बनाएर उपयोग गरिन्छ । पोषिलो हुनुका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमत्ता वृद्धि गर्ने भएकाले सिस्नोको माग बढेको छ ।

२०७४ फागुन १९ गते प्रकाशित

वि.सं.२०७४ फागुन १९ शनिवार १९:१२ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...