back
NMB ad

पुरुष विदेशमा, सयौं उद्योग महिला मजदुरको भरमा

Kumari bank ad

–गोपालप्रसाद पोखरेल

पथरी । गाउँमा पुरुष कमै देखिन्छन् । कामदार खोज्दै उद्योगमा जाँदा पनि मजदुर फेला पर्दैनन् । अन्ततः गर्न सक्ने काममा महिला नै प्रयोग गर्ने निचोडमा पुग्दै यतिबेला मोरङ–सुनसरी करिडोरका दर्जनौँ ठूला उद्योगले महिलालाई कामदारका रुपमा प्रयोग गर्न थालेका छन् ।

महिला पनि घरमै त्यसै बस्नुभन्दा दैनिक रु ४०० सम्म आम्दानी हुने काममा लाग्न थालेका छन् । अहिले करिडोरका सयभन्दा बढी ठूला उद्योगमा १५ हजारभन्दा बढी महिला कामदार नियमित रुपमा काम गरिरहेका छन् । “महिला कामदारका लागि हामीले बसबाट ल्याउने र पुर्याउनेसमेत गरेका छौँ”, अरिहन्त जुट मिल्सका गोविन्द बजगाईंले भने । दुहबी–४ सुनसरीकी सरस्वती चौधरी क्वालिटी बिस्कुट उद्योग दुहबीमा काम गर्छिन् । उनका श्रीमान् वैदेशिक रोजगारीका लागि कतार गएको तीन वर्ष भयो । छोराछोरीलाई बिहानै खान खुवाएर चौधरी उद्योगमा काम गर्न जान्छिन् । उद्योगमा काम गर्ने बहुसंख्यक महिलाका श्रीमान विदेशमा छन् । पुरुष विदेश गएपछि उद्योगमा देखिँदै आएको मजदुर अभाव महिला मजदुरबाट पूर्ति गर्ने प्रयासमा उद्योग जुटेका छन् ।

“पुरुष कामदारको अभाव पूर्ति गर्न पनि हामीले महिलालाई राखेका छौँ, उनीहरू कामप्रति बढी जिम्मेवार हुने गर्दछन्”, क्वालिटी बिस्कुट उद्योगका प्रबन्ध निर्देशक नवलकिशोर काबराले भने, “उनीहरू गफमा भन्दा काममा बढी ध्यान दिन्छन् ।” यस्ता महिलालाई उद्योगहरूले समयको पावन्दीलाई ध्यान दिएर काम गर्छन् । काबराको उद्योगमा ४०० भन्दा बढीले रोजगारी पाएका छन् । २०० सयभन्दा बढी महिला छन् । औद्योगिक करिडोरमा सञ्चालित जुट उद्योगमा पनि महिला मजदुरले नै बढी मात्रामा काम गरेको देख्न सकिन्छ ।

“नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले भने, “अहिले महिला कामदार राख्न थालेपछि अभाव हटेको छ ।” उनका अनुसार मजदुरकै कारण अहिले उद्योगले उत्पादन कटौती गर्नुपर्ने अवस्था छैन । महिला भनेपछि गार्मेन्टस् उद्योगमा मात्र काम गर्ने संस्कार थियो । महिलाहरु यतिबेला जुट, बिस्कुट, प्लाष्टिक, चकलेट, चाउचाउ लगायतका उद्योगमा काम गरिरहेका छन् ।

“मेरो रमपममा पनि महिला कामदार मनग्गे छन्”, एशियन थाइफुड्सका प्रबन्ध निर्देशक महेश जाजुले भने। यस क्षेत्रमा साना ठूला गरी साढे ५०० भन्दा बढी उद्योग छन् । ती उद्योगमा करिब ६० हजारभन्दा बढीले रोजगारी पाएका छन् । त्यसमध्ये यस क्षेत्रमा सञ्चालित नौ जुट उद्योगमा मात्रै २० हजारभन्दा बढी मजदुर आबद्ध छन् । विगतमा खेती गर्नेहरू पनि अहिले उद्योगमा मजदुरी गर्न थालेका छन् । मोरङ सिसवनीबडहराका फूलमती राजवंशी उद्योगमा काम गर्नुभन्दा अगाडि अर्काको खेती गर्थिन् । तर खेतीबाट सधैँ घाटा हुन थालेपछि कृषि पेशालाई चटक्कै छाडेर मजदुरी गर्न थालेको उनी बताँछिन् ।

“कहिले पानी नपर्ने, कहिले मल नपाउने, कहिले उत्पादित वस्तुको मूल्य नहुने अवस्थाले लगानीसमेत नउठेर धेरैपटक घाटा सहनुपर्यो,” फूलमतीले भनिन्, “उद्योगमा त काम गरेको दिन पैसा पाइहालिन्छ ।” उद्योगमा काम गर्ने महिलाले दैनिक साढे ५०० देखि ८०० रूपैयाँसम्म कमाउने गरेका छन् । उद्योगमा काम गर्नेमध्ये एकै परिवारका चार–पाँच जनासमेत महिला छन् ।

उद्योग संगठनका कार्यकारी सदस्य नन्दकिशोर राठीले भने, “महिला मजदुर सधैँ कसरी धेरै काम गरेर बढी पैसा कमाउने भन्नेतर्फ ध्यान केन्द्रित गरेको देखिन्छ,” उनी थप्छन्, “त्यही भएर पनि हुनसक्छ केही वर्षयता उद्योगमा मजदुर समस्या छैन ।” रासस

२०७४ फागुन २० गते प्रकाशित

वि.सं.२०७४ फागुन २० आइतवार १२:०६ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...