उत्पादन समेत थालिसकेको हाइड्रोको ९ लाख कित्ता आइपिओ यसरी हुँदैछ जारी

काठमाडौं । उत्पादन समेत थालिसकेको सयपत्री हाइड्रोपावरले ९ करोड बराबरको ९ लाख कित्ता आइपिओ जारी गर्ने भएको छ ।

शेयर निस्कासका लागि कम्पनीले एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीको पहिलो साधारणसभाले आइपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

शेयर निष्कासन सम्बन्धी सम्झौतामा सयपत्री हाइड्रोपावरका अध्यक्ष डा.बद्री केसी र एनआइबिएल एस क्यासपिटलका महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरे ।

कम्पनीले सुरुमा आयोजना प्रभावित क्षेत्रका बाग्लुङका बासिन्दाहरुका लागि १० प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर निष्कासन गर्नेछ । त्यस पश्चात कम्पनीले २० प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर सर्वसधारणलाई निष्कासन गर्ने जनाएको छ ।

कम्पनीले बाग्लुङमा २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजना निर्माण गरेको छ । जसले ०७३ असारदेखि उत्पादन समेत थालिसकेको छ ।

२०७४ फागुन २० गते प्रकाशित 

२०७४ फागुुण २० गते १२:३१ मा प्रकाशित

You can share this post!

दुई देश हैन यहाँ दुईप्रदेशको सिमानाका यसरी खोलियो अनि जोडियो प्रदेश नं ४ र ५

प्रदेश नं. १ को बजेट चैतमा ल्याउने यस्तो छ तयारी

Related posts