मुख्यमन्त्री भेट्न धनगढी पुगिन अमेरिकी राजदूत

धनगढी । नेपालका लागि अमेरिकी राजदूत अलैना बी टेप्लिज र प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टबीच आज शिष्टाचार भेट भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको भेटका क्रममा अमेरिकी राजदूत टेप्लिजले मुख्यमन्त्रीमा नियुक्त भट्टलाई बधाई र शुभकामना दिएकी थिइन् ।

राजदूत टेप्लिज अमेरिकी सहयोग नियोग युएसएआइडीद्वारा सञ्चालित गतिविधिको अनुगमनका क्रममा धनगढी पुगेको यहाँ मन्त्रिपरिषद्को कार्यालयका मुख्य सचिव लक्ष्मीराम पौडेलले जानकारी दिए ।

२०७४ फागुन २० गते प्रकाशित

२०७४ फागुुण २० गते १५:२५ मा प्रकाशित

You can share this post!

प्रदेश नं. १ को बजेट चैतमा ल्याउने यस्तो छ तयारी

यस्तो देखियो प्रतिनिधिसभा सदस्यहरुको शपथ ग्रहण

Related posts