काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा अत्यधिक मतका साथ निर्वाचित भएका छन् । देउवाले कूल ६३ मतमध्ये ४४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्धन्दी प्रकाशमान सिंहले १९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत चिनकाजी श्रेष्ठले जानकारी दिए ।
कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् ।
२०७४ फागुन २१ गते प्रकाशित
वि.सं.२०७४ फागुन २१ सोमवार १४:२४ मा प्रकाशित