काठमाडौँ । नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोस्रो कार्यकालको लागि राष्ट्रपतिको उम्मेदवार बनाएको छ । पार्टी स्थायी समितीको बालुवाटारमा लगातार ६ घण्टा बसेको बैठकले भण्डारीलाई नै दोहार्याउने निर्णय गरेको हो ।
बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै एमालेका उपाध्यक्ष वामदेव गौतमले स्थायी कमिटीले भण्डारीलाई पुनः राष्ट्रपति बनाउने निर्णय गरेको पत्रकारहरुलाई जानकारी दिए ।
यही फागुन २९ गतेका लागि तोकिएको राष्ट्रपतिको निर्वाचन कार्यतालिका अनुसार बुधबार ३ बजेसम्म मनोनयन गर्नुपर्नेछ । राष्ट्रपतिका लागि पूर्वप्रधानमन्त्री समेत रहेका एमाले वरिष्ठनेता झलनाथ खनालले आकांक्षा प्रकट गरेका थिए ।
बैठक शरुहुनु अघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेताहरु मात्रव नेपाल र झलनाथ खनालसंग परामर्श गरेका थिए ।
२०७४ फागुन २३ गते प्रकाशित
वि.सं.२०७४ फागुन २३ बुधवार ००:२१ मा प्रकाशित