कुन रुटमा चल्छ साझाको सेमी लो फ्लोर बस ? कस्ता छन् सुविधा ? (फोटो फिचर)

काठमाडौ । सार्वजनिक यातायातमा परिवर्तनको संवाहक साझा यातायात सहकारी संस्था लिमिटेडले उपत्यकामा आजदेखि सेमी लो फ्लोर अपाङ्गमैत्री जनबस सञ्चालनमा ल्याएको छ ।

अपाङ्गता भएका तथा विरामीहरुको सुविधालाई मध्यनजर गर्दै संचालनमा आएको जनबस लगनखेल, पाटन अस्पताल, जावलाखेल, कुपण्डोल, त्रिपुरेश्वर आँखा अस्पताल, वीर अस्पताल, जमल लैनचौर, लाजिम्पाट, कान्ति बाल अस्पताल, शिक्षण अस्पताल, गङ्गालाल हुँदै न्यूरो अस्पतालसम्म सञ्चालन हुनेछ । बस कामपाको सहकार्यमा अशोक लेल्याण्ड कम्पनीले निर्माण गरेको हो ।

४१ सीट क्षमताको उक्त बसमा जेष्ठ नागरिक, महिला, बालबालिकाका तथा अपाङ्गता भएकाहरुका लागि छुट्टै सीटको व्यवस्था गरिएको छ । छिट्टै विद्युतीयसहित २४ वटा बस सञ्चालन गर्ने तयारी साझाले गरिरहेको छ ।

 

२०७४ फागुन २३ गते प्रकाशित ।

२०७४ फागुुण २३ गते २१:१७ मा प्रकाशित

You can share this post!

अंकमा हेर्नुहोस आर्थिक वृद्धिदर ६ प्रतिशत रहने अर्थमन्त्रालयको आँकडा

स्नातकोत्तर पढाउन महायज्ञबाटै झण्डै दुई करोड

Related posts