back
NMB ad

स्नातकोत्तर पढाउन महायज्ञबाटै झण्डै दुई करोड

Kumari bank ad

ताप्लेजुङमा रहेको पाथीभरा बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि गत माघमा लगाइएको महायज्ञमा झण्डै दुई करोड आर्थिक संकलन भएको छ ।

स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि पूर्वाधार निर्माणमा आवश्यक रकम जुटाउने उद्देश्यले आयोजना गरिएको महायज्ञबाट कूल रु एक करोड ८५ लाख ३२४ संकलन भएको आर्थिक प्रतिवेदन बुधबार सार्वजनिक गरिएको छ ।

सोमध्ये रु ७७ लाख १५ हजार ११६ बैंकमा जम्मा भइसकेको र रु २३ लाख ६१ हजार ३६८ दानविर तथा दाताले नाम लेखाएर दिन बाँकी रहेको क्याम्पसका लेखा अधिकृत मातृकाप्रसाद नेपालले जानकारी दिए । यता महायज्ञ सञ्चालन गर्दा रु २२ लाख ४५ हजार २६८ खर्च भएको बताइएको छ । महायज्ञमा एक हजार ७०० भन्दा बढी दानविरले आर्थिक रकम दान गरेका थिए ।

यसैबीच, क्याम्पस प्रमुख मोहनकुमार राईले स्नातकोत्तर सञ्चालनका लागि तत्काल सम्भाव्यता अध्ययन गर्ने तयारी गरिएको जानकारी दिए । सम्भाव्यता अध्ययनपछि सोहीअनुसार क्याम्पसमा स्नातकोत्तर तह सञ्चालनका लागि प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।

यस्तै, क्याम्पस सञ्चालक समितिका अध्यक्ष गजेन्द्र तुम्याहाङ्ले पनि सबैको साथ र सहयोगबाटै स्नातकोत्तर तहको पढाइ सञ्चालन गरिने बताए । तुम्याहाङले स्नातकोत्तर सञ्चालन गर्नका लागि क्याम्पसको मात्र पहलले सम्भव नहुने बताउँदै स्थानीय राजनीतिक दल, सरोकारवाला सबै पक्षको सहयोग आवश्यक पर्ने बताए ।

स्थापना भएको २७ वर्षपछि स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि पूर्वाधार निर्माणमा आवश्यक रकम जुटाउने उद्देश्यले गत माघ २४ देखि फागुन २ गतेसम्म महायज्ञ लगाइएको थियो ।

क्याम्पसका अनुसार संकलित रकम भवन निर्माण, ई–लाइब्रेरी स्थापना, विद्युतीय उपकरणको प्रयोग आदिमा खर्च गरिनेछ । विसं २०४७ मा स्थापना भएको यस क्याम्पसमा शिक्षा, मानविकी र व्यवस्थापन संकायतर्फ स्नातक तहसम्मको पठनपाठन हुँदै आएको छ ।

२०७४ फागुन २४ गते प्रकाशित ।

वि.सं.२०७४ फागुन २४ बिहीवार ०७:५५ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...