back
NMB ad

गर्भावस्थामा सम्भोग कति उत्तम ? भिडियो सहित

Kumari bank ad

काठमाडौं । गर्भावस्थामा सम्भोग गर्न हुँदैन भन्ने मान्यता प्रचलित छ । तर, यो सत्य होइन । यस्तो अवस्थामा शरीरमा थकाइ हुन सक्छ । जसले पार्टनरसँग नजिक हुन झन्झट पनि लाग्न सक्छ । तर, दोस्रो ट्राइमेस्टर अर्थात् तीनदेखि ६ महिनाको दौरानमा बान्ता हुन बन्द हुन्छ । त्यसपछि हल्का महसुस पनि हुन थाल्छ । त्यतिवेला तपाईंलाई सम्भोगको चाहना आउन सक्छ । डाक्टर शिल्पिता शानथप्पाले गर्भावस्थामा गर्ने सेक्स र त्यसको परिणामबारे बताएकी छिन् ।

धेरै मानिसले भन्ने गर्छन् कि गर्भावस्थामा शारीरिक सम्पर्क राख्दा भ्रुणलाई समस्या पर्छ । तर, यस्तो सोच गलत हो । गर्भवती भएका वेला स्ट्रेच भएर भेजाइनाको आकार अलिकति बढ्ने गर्छ । जसका कारण गर्भाशयको बाहिरी भागमा म्युकस लेयर जम्मा हुन्छ । यसले गर्दा गर्भवती आमाले सम्भोग गर्दा पनि बच्चालाई भने युट्रसमा सुरक्षित राख्ने काम गर्छ ।

त्यस्तै, अर्को मान्यता छ कि यस्तो अवस्थामा शारीरिक सम्पर्क राख्दा आमामा लेबर पेन बढ्न थाल्छ । तर, यो पनि पूर्ण सत्य होइन । यस्तो वेला सिमनमा केही मात्रामा प्रोस्टाग्लिडिन जम्मा हुन्छ ।

फाइदा
१. गर्भावस्थामा शारीरिक सम्पर्क राख्दा पेल्भक मसल्स बलियो बन्छ ।
२. यस्तो अवस्थामा गरेको शारीरिक सम्पर्कले रक्तसञ्चारलाई पनि सन्तुलित गर्ने काम गर्छ ।
३. आरामदायी निद्रा लाग्छ ।
४. यसले दुईबीचको प्रेम र आत्मीयतालाई थप बढोत्तरी गर्ने काम गर्छ ।

जसले गर्दा गर्भवतीलाई दुखाइचाहिँ हुन सक्छ । बच्चा जन्माउने समय पनि सिन्थेटिक प्रोस्टाग्लिडिन सञ्चित नै हुन्छ जसले बच्चालाई बाहिर निकाल्न दबाब सिर्जना गर्छ । तर, सम्भोगकै कारण लबर पेन हुनेचाहिँ सत्य होइन ।

शारीरिक सम्पर्कपछि गर्भवती आमालाई ब्लिडिङ हुन्छ भन्ने पनि आममान्यता छ । कतिपयले यस्तो वेला सम्भोग गर्दा बच्चा नै खेर जानेसम्म बताउँछन् । यस्तो अवस्थामा गर्भाशय सेन्सिटिभ हुने भएकाले शारीरिक सम्पर्कका वेला थोरै ब्लडचाहिँ देखिन सक्छ ।

जुन सामान्य हो । बढी नै ब्लिडिङ भएमा चिकित्सककहाँ जानुपर्ने हुन्छ । तर, शारीरिक सम्पर्ककै कारण यसरी ब्लिडिङ हुनेचाहिँ होइन । यस्तो अवस्थामा शारीरिक सम्पर्क राख्दा भेजाइन इन्फेक्सन हुन्छ भनेर धेरै महिला त्रसित हुने गर्छन् । यदि तपाईंको पार्टनरमा यौनरोग सेक्सुअल टान्समिटेड डिजिज छैन भने यसबारे कुनै चिन्ता लिनुपर्दैन । तर, भेजाइनालाई सफा राख्न भने जरुरी छ ।

हेर्नुहोस भिडियो 

२०७४ फागुन २४ गते प्रकाशित

वि.सं.२०७४ फागुन २४ बिहीवार ११:३२ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...