back
NMB ad

अंश र वंशमा समान अधिकार नभएसम्म विभेद अन्त्य हुन्न : मन्त्री पोखरेल

Kumari bank ad

काठमाडौँ । रक्षामन्त्री ईश्वर पोखरेलले अंश र वंशमा पुरुषसरह समान अधिकार प्राप्त नभएसम्म महिला माथिको विभेद अन्त्य नहुने बताएका छन् ।
संकृति सङ्ग्रहालय नेपालले एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरेको नेपालका विशिष्ट महिलाको फोटो प्रदर्शनी कार्यक्रममा नेकपा एमालेका महासचिव समेत रहेका मन्त्री पोखरेलले उक्त कुरा बताएका हुन् ।

महिलाको विकास र उत्थान आंशिकभन्दा समग्रतामा हुनुपर्ने भन्दै उनले हिंसाको विरुद्धमा महिला पुरुषबीच समान बुझाइ हुनुपर्नेमा जोड दिए ।

आयोजकलाई धन्यवाद दिँदै मन्त्री पोखरेलले भने, “यसरी निश्चित बिधामा केन्द्रित भएर गरिएको प्रदर्शनीले महिलाको अभिलेख र इतिहासबारे जानकारी दिनका लागि ठूलो भूमिका खेल्छ ।”

संकृति सङ्ग्रहालय नेपालका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले समाजमा धेरै महिला छन् केही त्यस्ता महिलाको थप पहिचानको आवश्यक भएकाले आफूहरुले यस्तो कार्यक्रमको आयोजना गरेको बताए । आजबाट शुरु भएको प्रदर्शनी आगामी ३० गतेसम्मका लागि रहनेछ । प्रदर्शनीमा नेपालका विभूति हरित तारा भृकुटी, भगवान् बुद्धको जननी माया देवीको फोटो रहेको छ ।

त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारी, समाजसेवी एवं प्रदेश ३ का प्रमुख अनुराधा कोइराला, पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलगायतका देशलाई योगदान गर्ने महिलाको दुई सय फोटो राखिएको छ ।

२०७४ फागुन २४ गते प्रकाशित

वि.सं.२०७४ फागुन २४ बिहीवार १५:१५ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...