back
NMB ad

भैरहवाका उद्योगी व्यवसायीमा चुनावी सारगर्मी, दुई कित्तामा रोचक भिडन्त, हेर्नुहोस को कस्ता ?

Kumari bank ad

नरेश के.सी

भैरहवा । आर्थिक राजधानीको रुपमा विकास हुदैं गएको रुपन्देही सदरमुकाम भैरहवाका उद्योगी व्यापारीहरुको दैनिकी यतिबेला फेरिएको छ । सधैं बन्दकोठाभित्र बसेर नाफा घाटाको हिसाब किताबमा व्यस्त हुने उद्यागी व्यवसायीहरु केहिदिन यता पर्चा पम्प्लेट बोकेर उद्योगी व्यापारीको घरदैलोमा दौडिरहेका देखिन्छन् ।

यहि शनिबार हुने सिद्धार्थ उद्योग वाणिज्य संघको ५९ औं अधिवेसन तथा साधरणसभाको कारण व्यवसायीहरु नयाँ नेतृत्वकोलागी दौडधुपमा लागेका हुन् । संघको नयाँ नेतृत्वकोलागी २ वटा प्यानल चुनाबी मैदानमा उत्रिएका हुन् । एउटा प्यानलको नेतृत्व हालका वरिष्ठ उपाध्यक्ष डा. शान्तकुमार शर्माले गरेका छन् भने अर्को प्यानलको नेतृत्व उद्योग उपाध्यक्ष कुलप्रसाद न्यौपानेले गरिरहेका छन् । शर्मा र न्यौपानेबीच अध्यक्ष पदकोलागि हुने प्रतिसपर्धा अत्यन्तै कडा हुने देखिएको छ । शर्मा नेपाल भन्सार एजेन्ट महासंघका अध्यक्ष समेत हुन् । उनलाई उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा सिद्धार्थ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कृष्ण प्रसाद शर्माले खुलेर समर्थन गरेका छन् । अर्कोतर्फ न्यौपाने लामो समयदेखि संघको कार्यसमितीमा कार्यरत छन् । उनलाई उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सिद्धार्थ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष महेन्द्रकुमार श्रेष्ठले खुलेर समर्थन गरेका छन् ।

अध्यक्ष पदका प्रत्यासी शर्मा र न्यौपाने दुबै काँग्रेस निकट मानिन्छन् । यद्यपी एमाले निकट मानिएका कृष्ण प्रसाद शर्माले डा. शर्मालाई र काँग्रेस निकट मानिएका महेन्द्रकुमार श्रेष्ठले न्यौपानेलाई समर्थन गरिरहेका छन् । न्यौपानेको प्यानलमा बामपन्थी विचारधारामा आस्था राख्नेहरुको वर्चस्व छ तर वामपन्थीहरुको वर्चस्व भएको प्यानलाई गएको नगर निर्वाचनमा काँग्रेसको तर्फबाट मेयरको आकांक्षी समेत रहेका महेन्द्र श्रेष्ठले खुलेरै समर्थन गरेका छन् । न्यौपानेको प्यानलमा वरिष्ठ उपाध्यक्ष रहेका भिस्म न्यौपाने, महासचिव पदका उम्मेदवार नेत्र प्रसाद आचार्य र सचिव पदका उम्मेदवार विजय पाण्डे सबैभन्दा बलिया उम्मेदवार हुन् । उता शर्माको प्यानलमा रहेको उद्योग उपाध्यक्ष शान्ता जिसी सबैभन्दा बलियो उम्मेदवारको रुपमा चर्चामा छिन् । मुलुकको हरेक संघसंस्थामा महिला आरक्षण भएको अवस्थामा संघले महिलालाई सर्वसम्मत नगराएपनि एकजना महिला उम्मेदवार पदाधिकारीमा उठ्नु नै महत्वपुर्ण देखिएको छ । जिसी मोफसल बाहिर पहिलोपटक सौन्दर्यकला उद्योग मार्फत व्यवासायमा हात हालेकी नेपालकै चीरपरिचीत महिला उद्यमी हुन् । उनी उद्योग वाणिज्य महासंघको पुर्व केन्द्रीय समेत हुन् ।

दलिय हिसाबले खुलेरै कुनैपनि उम्मेदवारलाई दलहरुले समर्थन नगरेको भएता पनि भित्रभित्रै दलका नेताहरुले समेत संघको निर्वाचनलाई लिएर कोठे बैठक तथा भेला गरिरहेका छन् । संघको आसन्न निर्वाचनमा सबैभन्दा धेरै धर्म संकटमा नेपाली काँग्रेस परेको छ । अध्यक्षका उम्मेदवार शर्मा र न्यौपाने कसलाई सहयोग गर्ने भनेर उक्त पाििटले अझै निर्णय गर्न सकेको अवस्था छैन । सहमतिकोलागी धेरै प्रयास र बैठक गरेको भएता पनि सहमतिमा ल्याउन नसकेपछि काँग्रेस नेतृत्वले कसैलाई आधिकारीक उम्मेदवार बनाएको छैन ।

२ हजार १ सय ६७ मतादाता रहेको संघमा आगमी नेतृत्वकोलागी अध्यक्ष सहित ७ जना पदाधिकारी, एशोसियट सदस्य २ जना, उद्योग सदस्य ५ जना, बाणिज्य सदस्य १० जना, महिला सदस्य २ जना, बस्तुगत सदस्य १ जन निर्वाचित हुने प्रावधान छ ।

पदाधिकारी र सदस्य पदमा अत्यन्तै कडा प्रतिसपर्धा भईरहेको संघका ५ पदमा भने निर्विरोध चयन भएका छन् । एशोसियट सदस्यमा दिपक पौडेल र रोहित अग्रवाल, महिला सदस्यमा यमकला न्यौपाने र पल्लबी न्यौपाने तथा वस्तुगत सदस्यमा कृष्ण प्रसाद घिमिरे निर्विरोध चयन भईसकेका छन् ।

भैरहवा मण्डपकोलागी जग्गा खोजी मण्डप निर्माण गर्ने , निर्माणाधीन भवनको पुर्णता दिने आगमी नेतृत्वकोलागी मुख्य चुनौति हुन् ।

उम्मेदवारको पृष्ठभूमि 

संघको आसन्न निर्वाचनमा अध्यक्षको उम्मेदवार रहका डा. शान्त कुमार शर्माको मुल पेशा भन्सार एजेन्ट हो । बेलहिया निवासी उनी व्यसायीक क्षेत्रमा भन्दा सामाजिक संघसंस्था मार्फत सामाजिक कार्यमा बढी क्रियासील छन् । नेपाल भारत सीमा क्षेत्र बेलहियामा रहेर राष्ट्रियताको सबालमा हरेक आन्दोलनमा सक्रिय भुमिका निर्वाह गरिरहेका छन् । अध्यक्ष पदका अर्का प्रत्यासी कुलप्रसाद न्यौपाने मुलतः खाद्यान्न उद्योगी हुन् । गल्लामण्डी निवासी उनलाई अखण्ड ५ नम्बर प्रदेशको आन्दोलनको नेतृत्व गर्दा भुमिगत समूले समेत गोलि प्रहार गरेको थियो । सामाजिक संघसंस्थामा रहेर समाजसेवमा क्रियाशिल समेत रहेका उनी सामाजिक रुपान्तरणको आन्दोलमा समेत सक्रिय छन् ।

बरिष्ठ उपाध्यक्ष भिस्म न्यौपाने पुस्तक व्यवसायी हुन् भने सोही पदका अर्का प्रत्यार्सी नवराज न्यौपाने फर्निचर उद्यमी हुन् । दुबै जना न्यौपाने सामाजिक संघसंस्थाको नेतृत्वदायी भुमिकामा रहेर सफलता पुर्वक काम समेत गरिरहेका छन् । उद्योग उपाध्यक्ष शान्ता जिसी सफल उद्योगी हुन् । सामाजिक क्षेत्रमा नेतृत्वदायी भुमिकामा रहेर काम गरिरहेकी जिसी सिद्धार्थ उद्योग वाणिज्य संघमा दशकौंदेखि आवद्ध छिन् । उनको प्रतिसपर्धि विवादित छवी भएका अरुण गोयन्का उद्योगी हुन् । वाणिज्य तर्फका उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ संघमा लामो समयदेखि आवद्ध उनी डिलरसीप व्यवसाय गर्दछन् । अर्का वाणिज्य उपाध्यक्ष विनोद खरेल अटोमोबाइल व्यवसायी हुन् ।

महासचिब नेत्र आचार्य खाद्यान्न तथा गल्ला व्यवसायी हुन् भने इम्तियाज अहमद छाला जुत्ता व्यवसायी हुन् । आचर्य बामपन्थी विचार धारा भएको खरो र स्पष्ट व्यवसायी समेत हुन् । सचिव पदका प्रत्यासी विजय पाण्डे चिरपरिचीत सामाजिक अभियन्ता हुन् । उनी इलोक्टोनिक्स समानको व्यवसायी हुन् । विभिन्न संघसंस्थाको सफल नेतृत्व गरीसकेका पाण्डे रुपन्देहीका अग्रज लेखक तथा पत्रकार समेत हुन् । उनका प्रतिसपर्धि पशुपति कान्दु बेलहियाका व्यवसायी हुन् । उनी बारम्बार विवादमा आईरहेका व्यवसायी समेत हुन् । काोषाध्यक्षमा रविकुमार श्रेष्ठ र दीलिप कान्दुबीच प्रतिस्पर्धा छ । रवि रुपन्देहिमा चिनिएका युवा व्यवसायी हुन भने दीलिप व्यवापारीमाझ खासै परिचित छैनन् ।

साधरणसभामा नयाँ एजेण्डा

आसन्न संघको साधरणसभामा नयाँ एजेण्डाको रुपमा सदस्यताको आधिकारीता सम्बन्धी नयाँ एजेण्डा प्रस्तुत हुने बुझिएको छ । संघका अध्यक्ष रामकुमार शर्माले दिएको जानकारी अनुसार हालसम्म जिल्ला प्रशासन कार्यलयमा दर्ता भएका संस्थागत सदस्यलाई वस्तुगत सदस्य मानिँदै आएकोमा अब उप्रान्त स्वतन्त्र रुपमा समेत खोलिएको व्यवसायीक संस्थालाई समेत मान्यता दिनेगरी प्रस्ताव पेश गर्न थालिएको छ । यसैगरी रुपन्देही जिल्लाभरी सदस्य रहेको हुनाले सबैको प्रतिनिधीत्व हुनेगरी क्षेत्रीय संयोजक बनाउने प्रस्ताव पनि सभामा लैजान थालिएको छ ।

साधरणसभाको शुक्रबार विहान ११ बजे प्रतिनिधीसभा सदस्य तथा एमाले उपमहासचिव घनश्याम भुसालले उद्घााटन गर्ने र शनिबार विहान ९ बजेदेखी ४ बजेसम्म मतादान हुने कार्यक्रम रहेको छ ।

२०७४ फागुन २५ गते प्रकाशित

वि.सं.२०७४ फागुन २५ शुक्रवार ०७:३३ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...