साह्रै दुब्लो देखिनुभयो । यसरी बढाउनुहोस् तौल

काठमाडौं । मानिस राम्रो देखिन साह्रै दुब्लो हुनु हुँदैन र अनावश्यक मोटाउनु पनि हुँदैन । त्यसैले राम्रो देखिनका लागि मझौला टाइपको हुनुपर्छ । तर, अचम्मको कुरा के हो भने मानिस मोटाउँछु भनेर पनि सक्दैन, दुब्लाउँछु भनेर दिनदिनै मर्निङवाक जान्छ, तर दुब्लाउँदैन । यसो गरौँ तौल बढाउन:

१.खानपानमा नियमित ध्यान दिनुहोस् ।

२.प्रोटिनयुक्त खाना खानुहोस् । ६० केजी तौलबराबर ९० ग्राम प्रोटिन हुन आवश्यक छ । राजमा, दूध, बदाम चिकेन र अन्डामा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ ।

३.कार्बोहाइड्रेडयुक्त खाना खानुहोस् । जस्तै– नियमित खानामा रोटी, भात, मकै तथा एकदलीय दाल समावेश गर्नुहोस् ।

४.घिउ र तेल नियमित खाने गर्नुपर्छ ।

५.रसिला फलफुलको सट्टा केरा, आँप, मेवालगायत फलफूल धेरै खानुस् । यसले पनि मोटाउने रहर पूरा गर्न सक्छ ।

६.खानामा नियमित एक चम्चा मह र एक गिलास दूधलाई मिसाएर खानाले तौल बढ्दै जान्छ ।

७. दैनिक ३० मिनेटसम्मको हिँडाइ र अन्य शारीरिक व्यायाम पनि आवश्यक हुन्छ ।

२०७४ फागुन २५ गते प्रकाशित

२०७४ फागुुण २५ गते ११:४८ मा प्रकाशित

You can share this post!

महराद्वारा सभामुखको एकल उम्मेद्वारी दर्ता, निर्विरोध निश्चित

चिकित्सक नहुँदा स्थानीयवासी मर्कामा

Related posts