back
NMB ad

पुनःनिर्माणको प्रगती तीन लाख भूकम्पपीडितले मागे दोस्रो किस्ता

Kumari bank ad

काठमाडौ । भूकम्पले क्षति पु¥याएको घर पुनःनिर्माण शुरु गरी दोस्रो किस्ताका लागि निवेदन दिने पीडित लाभग्राहीको संख्या तीन लाख नाघेको छ ।

प्राधिकरणको सूचना संयन्त्रमा बिहीबारसम्म प्राप्त तथ्यांकअनुसार तीन लाख एक हजार ८४ भूकम्पपीडितले दोस्रो किस्ता माग गर्दै निवदेन दिएका हुन् ।

पहिलो किस्ता लिएका लाभग्राहीले मापदण्डअनुसार जग तहसम्म निर्माणकार्य गरी दोस्रो किस्ताका लागि निवदेन दिनसक्ने कार्यविधि छ । लाभग्राहीले निवेदन दिएपछि प्राधिकरणले जाँच गरी दोस्रो किस्ताका लागि सिफारिस गर्छन् ।

दोस्रो किस्ताका लागि निवदेन दिएकामध्ये दुई लाख ८८ हजार २३ जना लाभग्राहीको प्रमाणीकरण पनि भइसकेको छ । बाँकी १३ हजार ६१ को पनि छिट्टै प्रमाणीकरण हुने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।

“दोस्रो किस्ता लिने समयसीमा तोकिनु, घर निर्माण गर्ने मौसम तथा सबै स्थानीय तह मातहत रहनेगरी प्राविधिक खटाइएका कारण निजी घर पुनःनिर्माण उत्साहजनक देखिएको हो”–उनले भने ।

प्राधिकरणको सूचना प्रणालीमा दर्ता भएको तथ्यांकअनुसार सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ५१ हजार ६६ लाभग्राहीले दोस्रो किस्ताका लागि निवदेन दिएका छन् । भूकम्प अतिप्रभावितका साथै कम प्रभावित जिल्लामा पनि दोस्रो किस्ताका लागि निवेदन दिने लाभग्राहीको संख्या वृद्धि भइरहेको छ ।

भूकम्पले घर क्षति भई लाभग्राही सूचीमा सूचिकृत भएका पीडितलाई पहिलो किस्तामा रु ५० हजार, दोस्रो किस्तामा रु एक लाख ५० हजार र तेस्रो किस्तामा रु एक लाख दिने कार्यविधिमा उल्लेख छ ।

२०७४ फागुन २५ गते प्रकाशित

वि.सं.२०७४ फागुन २५ शुक्रवार १३:२२ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...